काठमाडौं । चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।
दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ। मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
स्मार्ट टेलिकममा ‘स्मार्ट छलछाम’ : स्मार्ट सेल लिलाम प्रक्रियामा एनसेलका कर्मचारीले नै उठाए प्रश्न
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
गुडिरहेको गाडीमा आगलागी
मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह






