सुन्दरहरैचा (मोरङ) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा अंग्रेजी भाषा शिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित ‘फोनिक्स ध्वनि प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ।
मोरङको विराटचोकस्थित उद्योग वाणिज्य संघ सभाहलमा शनिबार सम्पन्न प्रशिक्षण कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न निजी विद्यालयमा कार्यरत २०० भन्दा बढी शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले गरेका थिए भने सुन्दरहरैंचा नगरपालिकाका नगर उपप्रमुख अकलि चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। त्यस्तै नेशनल प्याब्सन केन्द्रीय सदस्य नारायण ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा प्रशिक्षक राजेन्द्रबहादुर थापाले सहभागी शिक्षक–शिक्षिकालाई फोनिक्स ध्वनि सम्बन्धी प्रशिक्षण दिएका थिए। उनले अंग्रेजी भाषाको सही उच्चारण, अक्षर तथा ध्वनिबीचको सम्बन्ध, शब्द उच्चारण गर्ने विधि र विद्यार्थीलाई सरल तथा प्रभावकारी रूपमा फोनिक्स सिकाउने तरिका’bout प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बोल्दै नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले पछिल्लो समय अंग्रेजी भाषा शिक्षणमा सही उच्चारण र ध्वनि पहिचानको महत्व बढ्दै गएको भन्दै शिक्षकहरूलाई आधुनिक तथा प्रभावकारी शिक्षण विधिसँग जोड्न प्रशिक्षण आयोजना गरिएको बताए। यस्ता तालिमले शिक्षकको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
प्रमुख अतिथि नगर उपप्रमुख अकलि चौधरीले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता विकास अपरिहार्य रहेको बताउँदै शिक्षकले आफूलाई समयअनुसार अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिइन्। उनले शिक्षकको क्षमता विकासमा केन्द्रित यस्ता कार्यक्रमलाई स्थानीय तहबाट समेत प्रोत्साहन गर्नुपर्ने धारणा राखिन्।
विशिष्ट अतिथि नेशनल प्याब्सन केन्द्रीय सदस्य नारायण ढकालले अंग्रेजी भाषाको आधारभूत सीप विकासका लागि फोनिक्स ध्वनि प्रशिक्षण सम्बन्धी ज्ञान महत्वपूर्ण रहेको बताए। उनले शिक्षकले नयाँ शिक्षण विधि र प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई सिकाइप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए।
प्रशिक्षणमा सहभागी शिक्षक–शिक्षिकाहरूले फोनिक्स सम्बन्धी प्रशिक्षण निकै उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले अंग्रेजी शब्दको सही उच्चारण, ध्वनि पहिचान तथा विद्यार्थीलाई सरल र प्रभावकारी ढंगले अंग्रेजी सिकाउने विधि’bout नयाँ ज्ञान र सीप प्राप्त भएको बताए।
सहभागी शिक्षकहरूले यस्ता प्रशिक्षणलाई एउटै कार्यक्रममा सीमित नगरी आगामी दिनमा पनि नियमित रूपमा विभिन्न विषयमा क्षमता विकाससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।
नेशनल प्याब्सन कोशी प्रदेशले निजी विद्यालयमा कार्यरत शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले आगामी दिनमा समेत यस्ता प्रशिक्षण तथा क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्बन्धित समाचार
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
पूर्वाञ्चल पब्लिक स्कुलको प्रि–स्कुल ग्राजुएसनमा ५६ विद्यार्थी दीक्षित
कार्यस्थलमा स्तनपान कक्षको अभाव
साकेलामा श्रमदानबाट विद्यालय संरक्षण अभियान सुरु
‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
स्वास्थ्यको कार्यसम्पादनमा पहिलो बन्यो सिलिचोङ गाउँपालिका
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
सरकार र चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित






