आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध बढे विच्छेदका मुद्दा

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढ्दै गएका पाइएको छ ।

महिलाहरूमा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरताका कारण आफ्नो अधिकारका लागि कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्य बताउँछन् ।

सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुनु सम्बन्ध विच्छेदको मुख्य कारण भएको उनको ठम्याइ छ । गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा दर्ता भएका दुई हजार ४५६ मुद्दामध्ये सम्बन्ध विच्छेदका ९५२ छन् । अदालतले ८१० मुद्दा निरूपण भएका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा अंशका २८७ मुद्दा दर्ता भएकामा १७९ किनारा लगाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित