नाबालिकाको डिम्ब प्रकरणमा नुतन हाजिर जमानीमा रिहा

काठमाडौं । नाबालिकाको डिम्ब किनबेच प्रकरणमा पक्राउ परेकी डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन् । सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार डा. शर्मालाई हाजिर जमानीमा राख्न आदेश दिएको हो ।

बिएन्डबी अस्पतालको आइभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । पछिल्लो समय फिलिपिन्समा रहेकी शर्मा नेपाल फर्किएपछि निवेदन दिएर अनुसन्धानका लागि उपस्थित भएकी थिइन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई बिहीबार नियन्त्रणमा लिएर सोही दिन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । प्रहरी स्रोतका अनुसार बयानका क्रममा शर्माले आफूमाथिको आरोप अस्वीकार गरेकी छन् ।

यस घटनामा प्रहरीले यसअघि एक महिलालाई नियन्त्रणमा लिएर मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले साउन १ गते इमाडोलमा बसेर ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो ।

गोतामेले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर आइभीएफ क्लिनिकमा पुर्‍याई डिम्ब निकाल्न लगाएको आरोप छ । अनुसन्धानका क्रममा डिम्ब निकालेबापत किशोरीलाई ३० हजार रुपैयाँ दिइएको खुलेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी