एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिएका छन् ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स ९आइएसपीआर०का अनुसार प्रान्तका मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा ती कारबाही सञ्चालन गरिएको हो ।
कारबाहीका क्रममा १५ जना लडाकु मारिनुका साथै उनीहरूको साथबाट ठूलो परिमाणमा हतियार तथा गोलबारुद बरामद गरिएको आइएसपीआरले जनाएको छ ।
सुरक्षा कारबाहीबाट लडाकुहरूको सञ्जालमा ठूलो क्षति पुगेको तथा उनीहरूको गतिविधि र आवतजावतमा अवरोध सिर्जना भएको सेनाले जनाएको छ । पाकिस्तानी सुरक्षा बलले आतंकवाद पूर्ण रूपमा उन्मूलन नभएसम्म लडाकुविरुद्धका कारबाही निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)
सम्बन्धित समाचार
ट्रम्प भेट्न अमेरिका प्रस्थान गर्दै इजरायलका प्रधानमन्त्री नेतन्याहु
ट्रम्पको गाजा योजना इजरायलली प्रधानमन्त्री नेतन्याहुले गरे अस्वीकार
रियादमा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु
सरकारको निर्णयविरुद्ध म्यानपावर व्यवसायी, अनिश्चितकालीन आन्दोलनको चेतावनी
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग
सुनसरीको कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन जारी, नेपाली सेना परिचालन
सुनसरीमा हटाइयो कर्फ्यू






