भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं । भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री ल्योन्पो छिरिङ र ऊर्जामन्त्री जेम छिरिङले राजीनामा दिएका हुन् ।

गृहमन्त्री ल्योन्पोले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । पछिल्लो समय उनीमाथि यौन दुराचारको आरोप लागेको थियो । एक युवतीले मन्त्री ल्योन्पोमाथि यौन दुराचार, छली, धम्की र मनोवैज्ञानिक हानि पुर्‍याएको आरोप लगाएकी हुन् ।

ती युवतीले सामाजिक सञ्जालमा गृहमन्त्री ल्योन्पोसँग सम्बिन्धित रहेको दाबी गरिएको घटनाको तस्बिर समेत सार्वजनिक गरेकी छिन् । गृहमन्त्रीमाथि आरोप लागेपछि भुटानभर तीव्र आक्रोश पैदा गरेको थियो । आक्रोश बढ्दै जाँदा राष्ट्रको गरिमामाथि हानी पुगेको भन्दै गृहमन्त्रीले राजीनामा दिएको भुटानी सञ्चार माध्यमले जनाएका छन् ।

त्यसैगरी, ६७ वर्षीय ऊर्जामन्त्री जेम छिरिङले पनि राजीनामा दिएका छन् । उनले उमेरको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

घारखोला विद्युतगृहको पहिरोमा बेपत्ता सुरक्षागार्डको शव भेटियो