काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले ८० करोड ३० लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ ।
यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै, बागमती प्रदेशको धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, कर्णाली प्रदेशको दैलेखको डुंगेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल निर्माण हुनेछ ।
त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवद्र्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ । यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने छ ।
सम्बन्धित समाचार
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा प्याकुरेल नियुक्त
शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक भएको दाबी, परिणाममुखी कार्यसम्पादनमा जोड
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्त
डाक्टरले चन्दा उठाएर बचाए अनिलको ज्यान
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध






