प्युठानको खोला किनारमा चार जनाको शव फेला


काठमाडौं । प्युठानको माडी र लुंग्री खोला किनारमा आज बिहीबार चार जनाको शव फेला परेको छ । फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२÷१३ वर्षीय बालकको र स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, स्वर्गद्वारी–४ गोठीबाङमा एक महिलाको र स्वर्गद्वारी–५ सरोजास्थित लुंगी खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटना’bout थप अनुसन्धान भइरहेको र शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा