राजविराज । २३ दिनको अवधिमा सप्तरीबाट दुई दर्जन महिला र बालबालिका सहित २६ जना हराएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
हराएका मध्ये प्रहरी सक्रियतामा २० जना फेला पारिएको छ भने ६ जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा साउन १ देखि साउन २३ सम्मको सार्वजनिक सम्पादित विभिन्न कार्य तथा मासिक प्रगति विवरण अनुसार यस अवधिमा जिल्लाका विभिन्न स्थानबाट १२–१२ महिला र बालबालिका तथा १–१ बालक र पुरुष गरी कूल २६ जना हराएका थिए । जस मध्ये १० महिला, ८ बालिका र १–१ बालक र पुरुष फेला परेका छन् ।
२ महिला र ४ बालिकाको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
हराएका मध्ये अधिकांशको सीमावर्ती भारतीय बजारबाट सकुशल उद्धार गरिएको उनको भनाई छ ।
प्रहरी उपरीक्षक रूपक खडकाले अझै हराई रहेका ६ जनाको अवस्था पत्ता लगाउन प्रहरी सक्रिय भई लागि परेको बताए । “जिल्ला प्रहरी र मातहतका प्रहरी कार्यालय सँगै सीमावर्ती भारतीय सुरक्षा अधिकारी सँग समेत समन्वय गरी उनीहरूको खोजी कार्य भइरहेको छ” उनले भने ।
कतिपय घरमा कुनै जानकारी नै नदिई रोजगारीका लागि भारतको विभिन्न सहरमा पुग्ने त कोही घर परिवारमा आर्थिक अभाव, पारिवारिक समस्या, दुर्व्यवहार उचित शिक्षा दीक्षाको अभाव, प्रेम प्रसङ्ग तथा समुदाय र परिवारको चेतना स्तरको कमीलगायतका कारणले पनि घर छाडेर बेपत्ता हुने गरेको अनुसन्धानका क्रममा खुल्ने गरेको प्रहरीको अनुभव छ । यसतर्फ सबै सचेत हुनुपर्ने प्रहरीको सुझाव समेत छ ।
सम्बन्धित समाचार
धनुषामा कर्फ्यु केही खुकुलो : बिहान ६ बजेदेखि ८ बजेसम्म अत्यावश्यक सामग्री किन्न पाइने
पर्सामा पनि हटाइयो निषेधाज्ञा
उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी
मधेशको भविष्यका लागि एकता, स्पष्ट नीति र बलियो नेतृत्व आवश्यक
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
दुर्घटनामा परी राम टोलका दुई रामको मृत्यू
ग्यास आतंकले मन्त्रिपरिषद् कार्यालयमा खैलाबैला






