लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो ।

सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने छन् । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्नेछन् । मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि सो प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुनेछ ।

छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

लुम्बिनी प्रदेशसभामा कुल ८३ प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेशसभा सदस्यको समर्थन जुटाउने गरी तयारी गरेका छन् ।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

खपटे किरोे र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै