काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) का ज्वाइँ जीवन आचार्यले कोशी मन्त्रिपरिषद्मा ह्याट्रिक गरेका छन् । प्रचण्डपुत्री गंगा दाहालकी श्रीमान् आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको तेस्रो पटक जिम्मेवारी दिइएको छ । उनलाई मर्यादाक्रमको तेस्रो नम्बरमा राखिएको छ । मोरङ–६(क) बाट एमाले उम्मेदवार रिता न्यौपानेलाई १८७८ मतान्तरले पराजित गरी आचार्य निर्वाचित भएका हुन् ।
यसअघि हिक्मतकुमार कार्कीको नेतृत्वमा २०७९ पुस २९ गते उनी पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका थिए । वाम गठबन्धन तोडिएर पाँच महिनापछि कांग्रेसका उद्धव थापाको नेतृत्वमा अर्को सरकार बन्यो । आचार्य पुनः थापा नेतृत्वको सरकारमा २०८० असार २४ गते आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भए । अहिले भौतिक पूर्वाधार विकास मन्त्रालयको तेस्रो पटक जिम्मेवारी दिइएको छ
कोशी प्रदेशमा कांग्रेसले एमालेसँग सत्तासाझेदारी टुंग्याएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रपरिषद्मा नेकपाका ४ जनालाई मन्त्री बनाइएको छ ।
सम्बन्धित समाचार
अदालतले अनुसन्धानको अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा
प्रधानमन्त्रीसँगको भेटमा रास्वपा सुदूरपश्चिमका सांसदहरुले जे कुरा उठाए…
सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
यस्तो छ एमाले र नेकपाको प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार
देउवा फिर्तीसँगै कांग्रेसमा नयाँ शक्ति संघर्ष
लुम्बिनीमा सरकार गठन गर्न १ सिटे मसालसँग एमाले-नेकपाको २ बुँदे सहमति
कर्णाली प्रदेशः मन्त्रिपरिषदविहिन मुख्यमन्त्री, बिजनेसविहिन प्रदेशसभा
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा






