काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस) दुई महिनाको नेपाल बसाइपछि भारी मन लिएर अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइका क्रममा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालासम्बन्धी समस्या सुल्झाउन नसकेको बताएका छन् । सरकारले विनियोजित बजेट फ्रिज पारेको र सरकारको यो कदमबाट आफू ऋणमुक्त हुन नसकिएको पनि बताएका छन् ।
उनले सरकारको यो कामबाट आफू १८ करोड ४३ लाख रुपैयाँको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको पनि उल्लेख गरेका छन् । उनले आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको पनि बताएका छन् ।
सामाजिक सञ्जालमा भाबुक स्ट्याटस लेख्दै उनले हालका लागि प्रयास सफल नभएको तर आशा भने जीवित रहेको उल्लेख गर्दै लेखेका छन्, ‘यो पटक त १००% हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ । दुई महिना…अथक प्रयास गरेँ । राज्यका ढोका–ढोका पुगेँ । न्यायको आशामा राज्यलाई गुहारेँ । तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ । समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड रुपैयाँ विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो ।’

कलाकार धुर्मुसले भनेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ । १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला । मन निकै भारी भएको छ । ओठ कापेका छन् । आँखा रसाएका छन् । तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ ।’
उनले आफूलाई कुनै दिन राज्यले सम्झिने पनि विश्वास गरेका छन् । कलाकार धुर्मुसले भनेका छन्, समयले सत्य बोल्नेछ । हाम्रो पीडा सुनिनेछ । त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ । अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ । र त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन । त्यही दिनको पर्खाइमा हामी रहनेछौँ । चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा… मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई ।’
सामाजिक सञ्जाल फेसबुकमा धुर्मुसले जे लेखे
दुई महिना…
अथक प्रयास गरेँ।
राज्यका ढोका–ढोका पुगेँ।
न्यायको आशामा राज्यलाई गुहारेँ।
तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ। समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो।
१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।
आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ।
देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ।
१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला।
मन निकै भारी भएको छ।
ओठ कापेका छन्।
आँखा रसाएका छन्।
तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ।
कुनै दिन राज्यले सम्झिनेछ।
सम्बन्धित समाचार
मनसुनको न्यूनचापीय रेखा तराईको भूभाग नजिक, यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
निर्मल पुर्जाको अन्त्येष्टि लन्डनमा गरिने
हर्मुजमा इरान–ओमान सहमति नजिक
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
आज देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
यस्तो छ एमाले र नेकपाको प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार
सरकारले सार्वजनिक गरेको एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?






