काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ । घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् ।
साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको आक्रमणमा मानवीय क्षति भएको हो ।
साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ती जारी गरी घटनाको पुष्टि गरेको छ । विज्ञप्तिमा बुधबार बिहान भएको घटनामा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको र एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएको उल्लेख छ ।
घटनामा मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो। ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो ।
आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयले जनाएको छ ।
घटनालगत्तै सम्बन्धित निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।
सम्बन्धित समाचार
चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण
एल निनोले तोड्यो समुद्री तापक्रमको रेकर्ड
पाकिस्तानमा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु
मंगल ग्रहको माटो’bout नयाँ अध्ययन, विस्तृत नक्सा तयार
शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?
अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप
प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालय
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै






