सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?

काठमाडौं । गत ४ कात्तिकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहितको मोटरसाइकल बरामद ग¥यो । लागूऔषधसहितको मोटरसाइकल बरामदपछि अहिले सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउन अनेक प्रयास भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा त्यस दिन दिउँसो साढे २ बजे सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–४ स्थित नहर चोकदेखि अन्दाजी ५० मिटर उत्तरपूर्वतर्फ प्र.१ ०२–०४७ प १४७२ नम्बरको मोटरसाइकल पछ्याउने क्रममा पार्क गरी राखिएको अवस्थामा भेटिएको थियो । चालक फेला नपरेपश्चात् मोटरसाइकललाई १५/२० मिटर दक्षिणतर्फ पूर्व पश्चिम राजमार्गतर्फ निकालेर संयुक्त टोलीले चेकजाँच गरेको थियो । त्यसपश्चात् एकासी ५०/५५ जना स्थानीय व्यक्ति जम्मा भई ड्युटीलाई बाधा पार्दै लागूऔषध लुटपाट र खोजी दसी प्रमाण नष्ट गर्ने प्रयास गरेका थिए ।

सोही क्रममा सुरक्षाकर्मीको मिलेमतोमा फसाएको भन्ने जस्तो अफवाह फैलाउन सुरु गरेका हुन् । सो लागूऔषध लुटपाट गर्ने र दसी प्रमाण नष्ट गर्न खोज्दा भुईँमा खसेको कालो प्लास्टिकको लागूपदार्थ सुरक्षाकर्मीले टिपेर मोटरसाइकलको सोही स्थानमा राखेका थिए । सोही भिडियोलाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा भ्रम सृजना गर्ने कार्य भएको स्रोतको भनाइ छ ।

चेकजाँचका क्रममा प्रतिबन्धित लागूऔषध नाइट्रोजन ट्याब्लेट १० पत्ता, ट्रामाडोल १६ पत्ता र अन्य लागूपदार्थ ४ फेला परेको थियो । उक्त मोटरसाइकल र लागूऔषध नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको थियो ।

जिल्लामा पछिल्लो समय लागूऔषध तथा तस्करी नियन्त्रणमा सुरक्षाकर्मीहरू निर्मम ढंगले परिचालित हुँदा उनीहरूको मनोबल गिराउन एवं आम जनमानसमा भ्रम पैदा गर्न घटनालाई लिएर अतिरञ्जित प्रचारप्रसार समेत भएको पाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?