काठमाडौँ । दसैँ बिदापछिको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको हो ।
महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । दसैँअघि असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ । दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदी आइतबार १९५ रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
घट्यो सुनचाँदीको मूल्य
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, ३ जनाले जिते बाइक र स्कुटर
महाबीर एग्रोको प्रोडक्टले भ्रामक बिज्ञापन गरेको पुष्टि
एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा
सुदूरपश्चिममा १५ करोड चाहिने निशुल्क औषधि खरिदमा ८० लाख मात्रै बजेट
रोजेको स्थानमा अनुमति नपाउँदा अन्यौलमा प्रथम सप्तरी एक्सपो २०८३
एनपीएलका समर्थकका लागि एक्स्ट्रीम इनर्जी ड्रिंकको ‘स्पेसल एडिसन क्यान’ सार्वजनिक





