खेत रोपेको दुई दिनमै बगरमा परिणत (फाेटाेफिचर)

दैलेख । लगातार परेको बर्षासंगै चिनेखोलामा आएको बाढीले आठविस नगरपालिका–१ सात्तलाका किसानको खेत बगरमा परिणत भएको छ । असार १४ मा परेको पानी सँगै चिने खोलामा आएको बाढीले १०९ जना किसानले रोपेको धान बगाउँदा चिनेजिउला खेत बगरमा परिणत भएको हो । रोपेको खेतमा रोपो छैन,बालुवा ढुंगा मात्र छ । खोला होकी खेत ठम्याउन गाह्रो छ ।

मुठी रोपेर मानो फलाउने आशा बोकेका सात्तलाका किसान बाढीले खेत बगाएपछि निराश छन् । ‘समयमै पानी परेकाले गतवर्षको भन्दा यो वर्ष धेरै धान फल्ला भन्ने थियो अब छोराछोरीलाई के खुवाउने चिन्ता बढ्यो ।’ पदमबहादुर थापाले दुखेसो पोखे ‘आज हेदा खेत होकी खोलाको बगर अन्दाज गर्नै मुस्किलको परेको छ ।’

सात्तलाका १०९ जना कृषकको खेत बगरमा परिणत भएको वडाअध्यक्ष पर्वसिंह विकले बताए । उनले भने, ‘हाम्रो अनुमानमा करिब २ हजार ५०० सय क्वीन्टल उत्पादन हुने कृषका खेत बगरमा परिणत भएका छन् ।’

खोलामा समेत पानीको बहाब नघटेको र बाटो विग्रिएको हुँदा क्षतिको विवरण संकलन गर्न नसकिएको वडाअध्यक्ष विकले जानकारी दिए ।

बाढीले किसानले रोपेको धान खेत बगाउनुका साथै मध्यपहाडी राजमार्गमा चिनेखोलामा नजिकै रहेका पसलमा समेत बाढी पसेर खाद्यान्न,कुखुरा लत्ताकपडा समेत बगाएको व्यापारी जंगबहादुर बुढाले टेलिफोनबाट जानकारी दिए ।

खोली बजारमा रहेका १० वटा पसलमा करिब १८ लाख सम्म क्षति पु-याएको वडाअध्यक्षले पर्वबहादुर सिंहले जानकारी दिए । कृषकका हलो जुवा केही पनि छैनन् । खोलाले बगाएर कता लग्यो कता । एकातिर कोरोना भाईरसको महामारी फैलिई रहेको छ । अर्कातिर जेनतेन गरि कृषकले लगाएको खेतवारी बगरमा परिणत हुँदा दैवीप्रकोप समेत किसानलाई हेला गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 530 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो