ज्वाई कुटेर मार्ने ससुरा पक्राउ

सांकेतिक तस्वीर

बाँके । नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा पक्राउ परेका छन् । सोही उपमहानगरपालिका–२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोलेर खुवाएका थिए । गम्भीर घाइते भएका रैदासको नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

प्रभु साहले भने, `अबको निकास भनेको नै नयाँ सरकार र नयाँ संविधान हो´