काठमाडौं । नेकपाका नेता अरुण घिसिङले निर्माण निर्देशन गरेको तामाङ चलचित्र ‘ख्लासी आनिउ’ को पहिलो गीत ‘डिहिरी छार्वा…’ भिडियो आइतबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
तामाङ समुदायको सामान्य जीवनमा आधारित यो चलचित्र फागुन १७ बिहान ११ बजेदेखि काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा प्रदर्शन हुने निर्देशक घिसिङले जानकारी गराए । यो चलचित्रमा ऋतुराज पाख्रिन, इन्दिरा वाइबा, सुष्मा मोक्तान, निश्चल योञ्जन, राज लामा पाख्रिन, प्रकाश वाइबा, कुइसाङ रुम्बा, बाबुराम क्ष्याबा, राजुलगायतको अभिनय छ ।
तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)







