भारतको पहिलो पारी २४४ मा समेटियो

Indian captain Ajinkya Rahane places his pink cap into a bowl for Jane McGrath Day ahead of play on day three of the third cricket test between India and Australia at the Sydney Cricket Ground, Sydney, Australia, Saturday, Jan. 9, 2021. (AP Photo/Rick Rycroft)

सिड्नी । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारत पहिलो पारीमा २ सय ४४ रनमा समेटिएको छ । दुई विकेटको नोक्सानबाट आज तेस्रो दिन खेल्न सुरु गरेको भारतका लागि चेतेश्वर पूजारा र शुभम गिलले अर्धशतकीय पारी खेले ।

कप्तान अजिन्क राहाने २२ रनमा आउट भएपछि भारतको विकेट एकपछि अर्को गर्दै झर्न थाल्यो । विकेट किपर ऋषव पन्तले ३६ तथा रविन्द्र जडेजाले २८ रन बनाउनुबाहेक अन्य खेलाडी सस्तैमा समेटिए ।

ताजा अवस्थामा अस्ट्रेलियाले १ सय ५९ रनको अग्रता लिएको छ । दोस्रो पारीमा अस्ट्रेलियाले दुई विकेटको नोक्सानमा ७० रन बनाएको छ । उसले सुरुका ब्याट्सम्यान गुमाइसकेको छ । मार्नुस् र स्टिभले अस्ट्रेलियाको पारी बडो धैर्यताका साथ सम्हालिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी