इलाममा ७१ जनालाई संक्रमण, ४ जनाको मृत्यु

इलाम । इलाममा मंगलबार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाका १६ जना र माइजोगमाई गाउँपालिकाका एक गरी १६ जनामाा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिएका छन् । यो सँगै इलाममा संक्रमितको संख्या ७१ पुगेको छ । यसरीनै संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । इलाम सदरमुकामका एक पुरुष र इलाम नगरपालिका वडा नं ५ की एक युवतीको उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि संक्रमणबाट दुई जनाको मृत्यू भएको थियो । संक्रमणको दोस्रो लहर चलेयता चार जनाको मृत्यू भएको छ ।

कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले इलाम नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि बैशाख ३१ ग्ते सम्मका लागि आवतजावत बन्द गर्ने भएको छ । इलाम नगरपालिका ७ को ठूलो टुँडिखेल देखि धोभिधारा बजार र जिरो किलोमिटरको बजारमा आवतजावत सहित घरबाट ननिस्कने गरी बन्द गर्ने र राजमार्ग भने खुला रहने निर्णय गरेको हो । बन्दको समयमा खाद्यान्य र औषधि खरिदभने खुल्ल हुने निर्णय भएको छ । त्यस्तै इलाम नगरपालिका ५ बिब्ल्याँटे बजारमा भने लामोदुरिका सवारी पार्किङबन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सार्वजनिक सेवा प्रवाह गर्ने कार्यलयमा भिडभाड नगरि स्वास्थ्य मापदण्ड अपनाएर न्यूनतम कर्मचारिबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

व्यवसाय २६ गतेसम्म बन्द

कोरोना संक्रमण फैलन नदिन जिल्लामा बैशाख २८ सम्म बन्द हुने भएका छन । व्यवसायि सँगको राय सल्लाह अनुसार बैशाख २२ बाट २८ सम्म बन्द गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष् इश्वर चिपालुले बताए । बन्दको बेला दैनिक उपभोग्य सामग्री खरिदका लागि भने विहान ७ बजे देखि १० बजे सम्म खुल्ला हुने उद्योग वाणिज्य सँघका महासचिव हेमन्त गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?