रोग आफुलाई, समस्या अरूलाई

सास गन्हाउने समस्याकै कारण कतिपय दम्पत्तीबीच फाटो आएको घटना पनि नौलो हुन छाडिसकेको छ । युरोपेली राष्ट्रहरूमा श्रीमान् वा श्रीमतीको सास गन्हाउने समस्याले पारपाचुके भइरहेको खबर समाचारपत्रमा बारम्बार आइरहेकै कुरा हुन् । नेपालमा त्यस्तो खबर नसुनिए–नपढिए पनि सानातिना घटना भने दैनिकजसो भइरहेका छन् ।

सायद, यो रोगमा दुखाइको अनुभव नहुने र जनचेतनाको अभाव भएर होला, प्रायजसो विवाहको लगन, शुभ साइत र कार्य भएको समयमा यस्ता धेरै बिरामी चिकित्सककहाँ धाउने गर्छन् । अन्य समयमा जीवनसाथी, सहपाठीको सिकायतले चिकित्सककहाँ पुग्दछन् । नेपालमा गिँजासम्बन्धी रोग, दाँत किराले खाने रोग, पछि सास गन्हाउने सिकायत लिएर आउने दन्त रोगी धेरै पर्छन् ।

रोग के हो ?

मुख वा नाकबाट अपवित्र वा अशुद्ध नराम्रो, मन नपर्ने गन्ध आउने अवस्थालाई हेलिटोसिस वा ब्याड बे्रथ वा सास÷मुख गन्हाउने रोग मानिन्छ । सास गन्हाउने अवस्था आपैंmमा रोग नभई यो सामान्य अवस्था वा शरीर तथा मुखमा भएका रोगको लक्षण वा औषधि प्रयोगको असर हुनसक्छ । त्यसकारण, सास गन्हाउने अवस्थाले शरीरमा भएका अन्य रोगको जानकारी दिएर ‘मुख शरीरको ऐना हो’ भन्ने भनाइलाई चरितार्थ पारिरहेको हुनसक्छ ।

बिरामीको प्रकार

मेरो अनुभवमा सवास गन्हाउने बिरामी तीन प्रकारका हुन्छन् : (१) आफ्नाे सास गन्हाएको थाहा नपाउनेहरू, (२) आफ्नाे सास गन्हाएको थाहा पाएर पनि त्यसप्रति चिन्ता नगर्नेहरू, (३) आफ्नाे सास गन्हाएकोमा चिन्तित हुनेहरू ।

युरोपेली राष्ट्रहरूमा श्रीमान् वा श्रीमतीको सास गन्हाउने समस्याले पारपाचुके भइरहेको खबर समाचार बारम्बार पढ्न पाइन्छ


कारण
प्रायशः बूढापाका उमेर पुगेका र सुँघ्ने नसाको भ्रम भएकामा सास गन्हाउने अवस्था नभए पनि मानसिक कारण तथा भ्रमले उनीहरूलाई सास गन्हाएको भ्रम हुन्छ । जसलाई हामीले डेल्युजनल हेलिटोसिस वा कारण नभएको अवस्थाको सास गन्हाउने अवस्था भन्छौं । कारण भएको सास गन्हाउने अवस्था निम्न चार अवस्थामा हुन्छ ।

सामान्य अवस्थामा
(१) बिहान उठ्नासाथको गन्ध, (२) भोको÷व्रत बसेको अवस्थाको गन्ध, (३) खानामा प्रयोग गरिएका वस्तुहरू जस्तैः चिया, कफी, मकै, प्याज, लसुनको गन्ध, (४) रक्सी, बोसो, भुटेको खानाको गन्ध, (५) धूम्रपान गर्नेको गन्ध, (६) बच्चा तथा बूढापाकाको गन्ध, (७) मुखको उपचारमा प्रयोग हुने पदार्थको गन्ध, (८) राख्ने, निकाल्ने खालको नक्कली दाँत लगाएरै सुत्नेको सासको गन्ध, (९) नाकको सट्टा मुखबाट सास फेर्नेको सासको गन्ध, (१०) नमिलेका कृत्रिम दाँत लगाउने मानिसको सासको गन्ध, शरीरद्वारा प्mयाँकिने काम नलाग्ने पदार्थहरूको गन्ध (११) बान्ता वा डकार गर्दाको गन्ध ।

सास गन्हाउने पीडित व्यक्तिले आपूmसँग हिँड्डुल गर्ने र उठबस गर्ने साथीसंगीलाई मात्र हैरानीमा पार्ने नभई स्वयं पनि हीन भावनाले ग्रसित हुन पुग्छ


रोगसँग सम्बन्धित

(क) मुख, दाँत तथा घाँटीसँग सम्बन्धित रोगहरू :– मुखको स्वास्थ्य स्थिति कमजोर भएमा (१) दाँत किराले खाएको, (२) दन्तहर्षा, (३) पाइरिया, (४) दाँत छिचरा भएको, (५) जिब्रो खस्रो र बाक्लो भएको, (६) दाँत नमिली बसेको, मुखमा भएका घाउ खटिराहरू जस्तै ः क्यान्सर, भिरंगी, ओस्टियोमाइलाटिस, पिप, सिस्ट, अवशेष जम्मा भएको, संक्रमण तथा दाँत निकालेपछिको घाउ, पिनास, टन्सिलाइटिस, घाँटी दुख्ने, नाक तथा घाँटीको क्यान्सर ।

(ख) शरीर तथा शरीरका प्रणालीसँग सम्बन्धित रोग : (१) फोक्सोका रोगहरू– लङ्ग अवशेष, क्षयरोग, ब्रोन्काइटिस, इत्यादि (२) अन्य अंगसँग सम्बन्धित तर उड्ने खालका वस्तुहरू जुन फोक्सोबाट फ्याँकिन्छ (३) मासिकस्राव हुँदा दुख्ने अवस्था, (४) पाचन प्रणालीसँग सम्बन्धित रोग जस्तैः ग्याँसटाइट्रिस (५) कलेजोको रोगहरू – लिभर फेलर, सिरोसिस (६) मिर्गौलासम्बन्धी रोग– मृगौला फेलर, न्ोफ्राइटिस (७) चिनी रोग (८) ज्वरो, रगतसम्बन्धी रोग, संक्रमण, भिटामिनको कमी, कब्जियत, अपच इत्यादि ।

औषधिको प्रयोगः– एन्टिहिस्टामिन, एन्टिक्यान्सर, एन्टिबायोटिक, एन्टिकोगुलेन्ट, एन्टिकोलिनर्जिक र मानसिक रोगका दबाइ प्रयोग गर्दा पनि श्वास गन्ध आउँछ ।

थुक/-याल कम आउने अवस्था :– थुक निकाल्ने ग्रन्थिको रोग, क्यान्सरको उपचारमा, केही औषधिको प्रयोगमा थुक कम आउने अवस्था सिर्जना हुन्छ ।

सर्वसाधारणले कसरी थाहा पाउने ?

१. यदि तपाईंलाई रुघा लागेको छैन र तपाईंको नाक ठिक छ भने आफ्नाे हातमुख अगाडि राखेर त्यसमा श्वास फेर्नुहोस् र हातमा ठोक्किएर फर्केको श्वास नाकले तानीभित्र लिनुहोस् । यसबाट तपाईंले आप्mनो श्वास गन्हाएको वा नगन्हाएको थाहा पाउनुहुन्छ ।
२. आफ्नाे श्वास गन्हाएको वा नगन्हाएको, आफ्नाे अति नजिकका व्यक्तिसँग सोधेर थाहा पाउन, पत्ता लगाउन सक्नुहुन्छ । पतिपत्नी, दाजुभाइ, दिदीबहिनी, सहपाठी ।

३. आपूmप्रति अरूको व्यवहार हेरेर, मनन गरेर । जस्तै : समूहमा तपाईं बोल्दा नजिकमा बसेका व्यक्तिले अनुहार बिगार्ने, अलि पर बस्न खोज्ने, कुरामा ध्यान नदिने र नाक पुछेजस्तो गरी नाक थुन्ने व्यवहार गरेमा ।

यी माथिका तरिकाबाट श्वास गन्हाएको वा नगन्हाएको पत्ता मात्र लाग्छ तर कति भनेर नाप्नका लागि विभिन्न उपकरणको प्रयोग गरिन्छ । जस्तै : अस्मोस्कोप, ब्रेथ एनालाइजर, क्रायस्कोप ।

व्यवस्थापन

१. सबभन्दा पहिले श्वास गन्हाउने अवस्था छ कि छैन भनेर छुट्याउनुपर्छ ।
२. यदि श्वास गन्हाउने अवस्था रहेछ भने मुख वा नाक केबाट हो भनेर पत्ता लगाउनुपर्छ । जसका लागि विस्तृत जानकारी लिनुपर्छ र परीक्षण पनि गर्नुपर्छ ।

श्वास गन्हाएको वा मुख गन्हाएको कसरी छुट्याउने ?

१० सेकेन्डका लागि ओठ र नाक दुवै बन्द गराउने र त्यसपछि ओठ बन्द नै राखेर नाक मात्र खोल्न लगाउने, यदि श्वास गन्हाएको छ भने श्वास गन्हाउने नाक अर्थात् फोक्सोबाट भइरहेको छ भनी पत्ता लाग्यो, तर ओठ खोल्दा श्वास गन्हाएमा मुखबाट गन्ध आएको भनी बुभ्mनुपर्छ ।

यदि कारण मानसिक रहेछ भने आश्वासन र विश्वासमा लिएर माउथवास वा कुल्ला गर्ने औषधि दिइन्छ । तर, यति गर्दा पनि नभएमा मानसिक रोग विशेषज्ञलाई देखाउन सल्लाह दिइन्छ । शरीरसँग सम्बन्धित रोग नै कारण भए फिजिसियनलाई देखाउन सल्लाह दिइन्छ । कारण स्थानीय, मुख र दाँतसँग सम्बन्धित भए (९० प्रतिशतभन्दा बढी) स्थायी उपचारका रूपमा स्थानीय कारण हटाउनेगरी उपचार थालिन्छ । जस्तै ः नराम्रा आदतबानी त्याग्ने, घाउ खटिराको उपचार, दन्त सडनमा सिमेन्ट भर्ने, दन्त हर्षा र पाइरियामा स्केलिंग गर्ने, नमिलेका दाँत मिलाउने, राम्रो मिलेको नक्कली दाँत लगाउने, नक्कली दाँत राति सुत्दा निकालेर पानीमा राख्ने आदिी इत्यादि ।

रोकथाम

रोग लागेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै जाति वा बेस भनेभैंm रोकथामका उपाय समयमै अपनाइयो भने रोग, रोगको जटिलताबाट उत्पन्न हुने समयको नोक्सान, पैसाको नोक्सान र शरीरको नोक्सानबाट जोगिन सकिन्छ ।

मुख तथा शरीरको स्वास्थ्यमा ध्यान दिएर रोकथामका उपाय अपनाउन सकिन्छ । जस्तै ः १) मुख तथा शरीर सफा गरेर : मुख सफा गर्न टुथब्रस, डेन्टल प्mलस र कुल्ला गर्ने बानी तथा शरीर सफा गर्न व्यक्तिगत सरसफाइका उपाय अपनाउनुपर्छ ।

२) खानेकुरामा नियन्त्रण : गुलियो टाँसिने प्रशोधित, फास्टफुड र जंकफुड नखाने वा धेरैपटक खाने बानी हटाउने र खाएमा तुरुन्त कुल्ला गर्ने बानी बसाल्नु पर्छ । ताजा रेसादार फलपूmल, दुध, माछा, सागपात रहेका सन्तुलित खानाको प्रयोग गर्नुपर्छ ।

३) नियमित स्वास्थ्य परीक्षण : मुखको परीक्षण बच्चा तीन वर्ष पुगेदेखि नियमित रूपमा ६/६ महिनामा गर्नुपर्छ भने शरीरको परीक्षण प्रत्येक १/१ वर्षमा गर्नुपर्छ ।

र अन्तमा :

गन्हाउने मोजा, गन्हाउने काखी र गन्हाउने श्वास हरेकका व्यक्तिगत समस्या हुन् । तैपनि, यी समस्याले अरूलाई अप्ठ्यारोमा पार्छन् र आप्mनो व्यक्तित्व गिराउनमा सहायक हुन्छन् । सभा सम्मेलन, अन्तर्वार्ता र सामूहिक भेटघाटमा तपाईंको गन्हाउने मोजाको समस्या भए, मोजा धेरैपटक धोएर वा सफा गरेर वा बदलेर तथा जुत्ता नै नखोलेर यस समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । तर, गन्हाउने सासका लागि मुख नै नखोलेर बस्न अवश्य पनि सकिँदैन ।

यसबाट पीडित व्यक्तिले आपूmसँग हिँड्डुल गर्ने र उठबस गर्ने साथीसंगीलाई मात्र हैरानीमा पार्ने नभई स्वयं पनि हीन भावनाले ग्रसित हुन पुग्छ । त्यसैले, यस अवस्थालाई रोग आपूmलाई र समस्या अरूलाई भनेर चिन्दै यसको रोकथाम र उपचारमा समयमै ध्यान दिन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी