बारा । बाराको ग्रामीण भेगमा छोरी बुहारीलाई उच्च शिक्षा हासिल गर्न सहज हुने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय निर्वाचन समिति सदस्य बतहु राय यादवले बताएका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वाको श्री जनता माध्यमिक बिधालयमा कक्षा ११ को उदघाटन गर्दै यस भेगका विधार्थी २५ देखि ३५ किलोमिटर पुर्व कलैया वीरगन्ज जाने बाध्यताको अन्त्य भएको बताए ।
विगतमा जितेका जनप्रतिनिधि र यहाका राजनितीक दलको किचलोले वर्षाैदेखि उच्च शिक्षा अलपत्रमा परेको यादवले आरोप लगाए । नेकपा एसबाट जितेका वडाध्यक्षको पहलमा शुरू भएको उच्च शिक्षालाई प्रोत्साहन गर्न प्रत्येक वर्ष कक्षा थपिदै जाने विश्वास दिलाए । ‘हामी भाषणमा हैन कि गर्नमा विश्वास राख्छाैं ।’ यादवले भने । उत्कृष्ट विद्यार्थीलाई ल्याप्टप दिने उनकाे याेजना छ ।
त्यस्तै वडाध्यक्ष रामदिनेश यादवले राजनितिक दलले आफनो शक्ती यहाँको शिक्षाको विकासमा लगाउन पर्ने बताए । प्रदेश देखि संघीय मन्त्री समेत भएको नगरपालिकामा शिक्षाको विकास नहनु दुखद रहेको वडाध्यक्षले यादवकाे भनाइ थियाे । उनले आउदो पाँच वर्षमा प्रदेशकै उत्कृष्ट वडा निर्माण गर्ने प्रतिव्दता व्यक्त गरेका छन् । साथै यसै वर्ष देखि कक्षा ११ पढने विधार्थीहरूको पोसाक वडाबाट निशुल्क वितरण गर्ने वडाध्यक्ष यादवले बताए ।
बिद्यालको प्रधानाध्यापक शम्भु प्रसाद यादवको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेकपा एस केन्द्रीय निर्वाचन समिति सदस्य बतहु राय यादव, ८ को वार्ड अध्यक्ष रामदिनेश प्रसाद यादव, पू्र्व गाबिस अध्यक्ष जङबहादुर यादव, समाजसेवी रामेश्वर प्रसाद यादव, भोजेन्द्र प्रसाद यादव, सिम्रौनगढ नगरपालिका लेखा अधिकृत सर्वेन्द्र चौधरी, शिक्षा संयोजक नुराजम सिद्धक्की लगायत छात्रछात्रा,स्थानीय भद्रभलादमी, शिक्षक लगायतको सहभागिता रहेको थियो । बिधालयका शिक्षक सुजित शर्माले स्वागत गरेको कार्यक्रममा संचालन बिधानन्द प्रसाद यादवले गरेका थिए ।