महत र तामाङलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्ड

काठमाडौं । चलचित्र छायांकन क्रममा लामो समयदेखि भान्सेका रूपमा कार्यरत कुलबहादुर महत र मेकअप कलाकार सन्तु तामाङलाई जनही ५१ हजारसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ ।

सिनेकर्कल गु्रपद्वारा शुक्रबार राजधानीमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उनीहरूलाई अवार्ड प्रदान गरेका हुन् । त्यस्तै, २०७७ देखि २०७९ सम्म तीन वर्षको सिनेमा तथा सिनेकर्मीलाई ‘एलजी सिनेसर्कल अवार्ड’ प्रदान गरिएको छ । उत्कृष्ट फिल्म अवार्ड ‘महापुरुष (२०७९)’, ‘आमा (२०७८)’, ‘गोपी (२०७७)’, ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदीप भट्टराई (महापुरुष), दीपेन्द्र के खनाल (आमा), दीपेन्द्र लामा (गोपी)लाई प्रदान गरियो । त्यस्तै, उत्कृष्ट अभिनेता अवार्ड हरिवंश आचार्य, दयाहाङ राई र बिपीन कार्कीले पाएका छन् । अभिनेत्री अवार्ड भने केकी अधिकारी, सुरक्षा पन्त र स्वस्तिमा खड्कालाई प्रदान गरिको छ ।

यसैगरी, उत्कृष्ट पटकथा अवार्ड (महापुरुष)बाट प्रदीप भट्टराई, दीपेन्द्र के खनाललाई (आमा)बाट र दीपेन्द्र लामा÷सामिप्य तिमल्सिनालाई (गोपी)बाट र उत्कृष्ट छायांकन अवार्ड विष्णु कल्पित, सौरभ लामा र मानकृष्ण महर्जनले प्राप्त गरे ।

अभिनेता पल शाहले उत्कृष्ट जोडीको अवार्ड अभिनेत्री पूजा शर्मासँग पाएका छन् । चलचित्र बाबरी (२०७९)बाट धीरज मगर र अदिति बुढाथोकीले उत्कृष्ट जोडीको अवार्ड हासिल गरे ।

बाँकी केही विधामा भने २०७९ मा आएका चलचित्रचित्रलाई मात्र अवार्डमा समावेश गरिएका छन् । जसमध्ये सर्वश्रेष्ठ सम्पादन अवार्ड बनिश शाह र भूपेन्द्र अधिकारीले पाए ।

सर्वश्रेष्ठ संगीतकार अवार्ड ‘दर्शन सलाम’ गीतबाट सिने सर्कल अवार्ड हासिल गरे । गीतकार अवार्ड राजेश श्रेष्ठ, चलचित्र गायिका अस्मिता अधिकारी, गायक अवार्ड रामकृष्ण ढकालले पाए ।

समाराहमा चलचित्र ‘प्रकाश’बाट अभिनेता प्रदीप खड्का र अभिनेत्री मास्केलाई क्रिटिक्स अवार्ड, अवार्ड, ट्रेन्डसेटर सिनेकर्मी अवार्ड दीपकराज गिरी÷दीपाश्री निरौला, सन्तोष सेनले र निश्चल बस्नेतले प्राप्त गरे ।

त्यस्तै, कोरियोग्राफर अवार्ड कविराज गहतराजलाई प्रदान गरिएको छ । द्वन्द्व निर्देशक रोशन श्रेष्ठ, उत्कृष्ट स्टन्ट अवार्ड विश्व घिसिङ र उत्कृष्ट ट्रेलर अवार्ड जीवन थापालाई प्रदान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान