मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । 

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोड्दा  कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । 

यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । यसअघि मंगलबार बिहान सिंगापुरलाई हराउँदै समेफाइनल पुगेको ओमानसँग बुधबार नेपालले समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

२०औँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो