गुल्मीमा माघ २४ देखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

तम्घास । गुल्मीमा यही माघ २४ गतेदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले माघ २४ देखि २६ गते तीन दिनसम्म सदरमुकाम तम्घासको चिदिचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी चार विधामा खेल हुनेछन् । जसमा भलिबलतर्फ छात्र–छात्रा एवं कबड्डीतर्फ पनि छात्र–छात्राको खेल हुनेछ । त्यसैगरी छात्र–छात्राको एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटर दौड एवं चार सय मिटर रिले दौड हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

छात्र–छात्रातर्फ नै हाइजम्प, लङजम्प, त्रिपलजम्प प्रतियोगिता हुनेछ । छात्रतर्फ ज्याभलिङ थ्रो आठ सय ग्राम र सटफुट १२ पाउण्डको खेल हुनेछ । त्यस्तै छात्रातर्फ ज्याभलिङ थ्रो छ सय ग्राम र सटफुट आठ पाउण्डको खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले जानकारी दिनुभयो ।

मार्सल आर्टतर्फ छात्र–छात्रा कराँते, छात्र–छात्रा तेक्वान्दो, छात्रातर्फ पुम्से, छात्र–छात्रा थाओलु र सान्सौ प्रतियोगिता सम्पन्न हुनेछन । प्रतियोगितामा जिल्लाका १२ वटै पालिकाबाट सहभागिता रहनेछ । जसमा कोच, खेलाडी र विभिन्न पक्षबाट गरी नौ सय बढीको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश