Sunday, April 18, 2021
Home Not-to-be-missed लकडाउनमा निर्देशकहरू स्क्रिप्ट लेखनमै व्यस्त

लकडाउनमा निर्देशकहरू स्क्रिप्ट लेखनमै व्यस्त

,

काठमाडौं । मुलुकमा जारी लकडाउनको समयलाई सर्जकहरूले सिर्जना गर्ने समयका रूपमा लिन थालेका छन् । एक-दुई साता नभएर एक-डेढ महिनादेखि नै लगातार मुलुक लकडाउन भएपछि सबै स्रष्टा घरमै बस्न बाध्य छन् । यो अवधिमा आफूहरू घरमै सिर्जना गरेर बसिरहेको उनीहरूको कथन छ ।

मुलुकमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि उनीहरू घरमै बस्न बाध्य छन् । यसैक्रममा केही चलचित्र निर्देशकसँग उनीहरूको लकडाउनको दिनचर्याबारे हामीले जिज्ञासा राखेका थियौं । धेरैजसो निर्देशकले अहिले नयाँ चलचित्रको स्क्रिप्ट लेखनका क्रममा आफू व्यस्त रहेको राजधानीलाई बताए ।

२०७६ सालमा ‘६ माया छपक्कै’ निर्माण गरेकी निर्देशक दीपाश्री निरौला यतिबेला नयाँ चलचित्र ‘छक्कापन्जा ४’ को स्क्रिप्ट लेखनमै व्यस्त छिन् । छक्कापन्जाको विगतमा तीनवटा सफल सिरिज दिइसकेकी यी निर्देशकले भनिन्, ‘सुरुमा लकडाउनका कारण घरमा बस्दा निकै अत्यास लागे पनि आजकल बानी परियो । हामी अहिले नयाँ चलचित्र छक्कापन्जा ४ को स्क्रिप्ट लेखन र तयारीमा व्यस्त छौं,’ उनले अगाडि थपिन्, ‘दीपकराजजीले स्क्रिप्ट लेखिरहनुभएको छ भने जित, म र केदारले उहाँलाई प्लट लेखन र डायलगमा सघाइरहेको छौं ।’ आफ्नो चलचित्र छक्कापन्जा ४ आगामी ७ कात्तिकमा रिलिज गर्ने समयसमेत लिइसकेकी यी निर्देशकले लकडाउन खुलेको दुई साताभित्रै आफूहरू यो चलचित्रको छायांकनमा जाने बताइन् ।

नयाँ चलचित्र स्क्रिप्टमै व्यस्त रहेको अर्का निर्देशक रमेश बुढाथोकी हुन् । उनको नयाँ चलचित्र ‘सुदूर’को वैशाख अन्तिमबाट छायांकनको तयारी हुँदै थियो । तर, कोरोनाको महामारी र निरन्तर लकडाउनका कारण आफ्नो चलचित्रको छायांकन केही दिन पछि सरेको उनले राजधानीलाई बताए । यो चलचित्रको कलाकार कार्यशालासमेत सुरु गरेका बुढाथोकी अहिले यो फुर्सदको समयमा आफ्नो फिल्मको स्क्रिप्टलाई अझ पुनर्लेखन गर्न व्यस्त छन्, ‘अहिले स्क्रिप्ट फाइनल गर्ने, पुस्तक पढ्ने, फिल्म हेर्नेमै दिन बितेको छ । लकडाउन खुलेपछि फिल्मको सुटिङ सुरु गर्ने योजनामा छु,’ बुढाथोकीले राजधानीसँग भने ।

गत वर्ष सफल चलचित्र ‘जात्रैजात्रा’ दिन सफल अर्का निर्देशक प्रदीप भट्टराई पनि लकडाउनको समयलाई नयाँ चलचित्र लेखनमा सदुपयोग गर्दै छन् । अभिनेता निर्माता रवीन्द्रसिंह बानियाँको व्यानर र मह सञ्चारको ब्यानरमा संयुक्त निर्माण हुने नयाँ चलचित्रको स्क्रिप्ट लेखनमा उनी अहिले व्यस्त छन् । लकडाउन चाँडै खुल्छ भन्ने विश्वासले सुरुका दिनमा घरमै आराम गरेर बसे पनि लकडाउन लम्बिन थालेपछि आफूहरू चलचित्र लेखन कार्यमा व्यस्त भएको यी निर्देशकले बताएका छन्, ‘केही महिनापछि सुटिङमा जाने हाम्रो योजना छ । अहिलेको समय फिल्मको स्क्रिप्ट लेखनमै बितिरहेको छ भने हरिदाइहरूसँग भिडियो कलबाटै फिल्मको स्क्रिप्ट लेखन कार्यबारे छलफल र लेखन भइरहेको छ,’ निर्देशक भट्टराईले राजधानीसँग भने ।

अर्का निर्देशक दीपेन्द्र लामाले पनि आफ्नो छायांकन भइरहेको चलचित्र ‘२ नम्बरी’को स्क्रिप्टलाई अझ कसिलो बनाउने अवसर पाएका छन् । यसबारे उनले राजधानीसँग भने, ‘चलचित्रको ७० प्रतिशत छायांकन बाँकी छ । कोरोना संक्रमणले सुटिङ रोकिएपछि चित्त नबुझेको ठाउँमा पुन स्क्रिप्टलाई पुनर्लेखन गरेर कसिलो बनाउँदै छु ।’ उनले पनि अब लकडाउन खुलेपछि बाँकी छायांकन सुरु गर्ने बताएका छन् ।

निर्देशक दीपेन्द्र के खनालले पनि अहिलेको लकडाउनको समयलाई सिनेमाको कथा सिर्जनामै खर्चिरहेका छन् । यसै विषयमा उनले भने, ‘अहिले म नयाँ चलचित्रको स्क्रिप्टभन्दा पनि अनलाइन कथालेखनमै व्यस्त छु । कथालाई टुंग्याएपछि त्यसलाई स्क्रिप्टमा ढाल्ने काम सुरु गर्नेछु ।’ यो लकडाउनले बाहिर जानुपर्ने तनाव नभएका कारण फिल्म लेखनमा आफूलाई निकै सजिलो भएको यी निर्देशकको भनाइ छ । लकडाउनका धेरैवटा बेफाइदा भए पनि एकान्तमा सिर्जना गर्नेहरूका लागि यो सही समय भएको पनि उनले राजधानीलाई बताए । उनी भने आगामी भदौपछि मात्र छायांकनमा जानेछन् ।

अर्का निर्देशक विकास आचार्य पनि यतिबेला आफ्नो नयाँ फिल्म ‘नाइँ नभन्नु ल–६’ को तयारीमा व्यस्त छन् । उनको यो चलचित्र पनि वैशाखबाट छायांकन सुरु गर्ने तयारी हुँदै थियो । तर, कोरोना संक्रमणसँगै मुलुकमा लकडाउन निरन्तर बढेपछि उनी पनि अहिले आफ्नो चलचित्रको स्क्रिप्टलाई अझ सशक्त बनाउन र छायांकनको तयारी गर्न व्यस्त छन् । उनी पनि लकडाउन खुलेपछि छायांकनमा जानेछन् ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

साताका लोकप्रिय समाचार

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

चेतावनी होइन कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख धेय नै मुलुकको विकास र आर्थिक समृद्धि भएको बताउँदै आएका छन् । उनले विभिन्न विकास आयोजनामा भइरहेको ढिलाइ...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

यस्तै यस्तै भएपछि सत्ता गर्लम्म ढल्छ

सत्ताको हार । कुनै पनि समाजमा सुहाउँदो लाग्दैन । सत्ता भनेकै जितेपछि निर्माण हुन्छ र सकेसम्म धेरै जित्नु र धेरै समय टिक्नु सत्ताको गुण...

ट्रेन्डिङ

इटहरीमा कोरोनाका कारण दुई दिनमा ३ जनाको मृत्यु

इटहरी । पछिल्लो केही दिनयता इटहरीमा कोरोनाको ग्राफ बढेको छ । पछिल्लो दुईदिनमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । असोज...

मानवअधिकार हननका घटनामा वृद्धि

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा मानवअधिकार हननका घटनामा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीका...

बाँकी १०६५ दिन, दौडिने कि सुत्ने ?

धेरै आशा र अपेक्षा बोकेको केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारका बाँकी तीन वर्षमध्येको पनि एक महिना बितिसकेको छ । अघिल्लो महिनाको ३ फागुनमा...

भारतको सहयोगमा निर्मित क्याम्पस भवन उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसका विज्ञान भवनको उद्घाटन गरिएको छ । नवनिर्मित विज्ञान भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय...

रुग्ण उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी

काठमाडाै‌ । सरकारले आगामी आर्थिक वर्षमा बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने भएको छ । विभिन्न कारणले बन्द भएका उद्योगलाई निजी...

निषेधाज्ञाको दोस्रो दिन यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)

काठमाडौँ । सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाको दोस्रो दिन काठमाडौं उपत्यकाका सडकमा केही चहलपहल देखिएको छ । महिलाहरुको महान चाड हरितालिका तिज आज भएका...

इलाममा एकै दिन पाँचजनामा काेराेना पुष्टी

इलाम । इलाममा एकै दिन छ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का एक जना,...

बाजुरामा पहिरोमा परी १ जना बेपत्ता, २ जना घाइते

बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका–१ अम्कोटमा पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । बेपत्ता हुनेमा सोही...

अग्रवालमाथिको अनुसन्धान गर्न फेरि १० दिन म्याद थप, गिरोहको समेत खोजी सुरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरेको छ । अग्रवालले धेरै विषय लुकाएको...

अब भरिनेछ रानीपोखरीमा पानी

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानी पोखरी अब पहिले जस्तै भरीभराउ हुने अवस्थामा पुगेको छ । रानीपोखरी पुनर्निर्माणअन्तर्गत...

मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक

काठमाडौँ । गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम...

‘दुवै अध्यक्षको कदम र काम सही छैन, मिलाउन लागौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादका कारण प्रतिनिधिसभा विघटन भएदेखि केही नबोली मौन रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमले बिहीबार बल्ल आफ्नो धारणा व्यक्त...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)