ऐतिहासिक सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन स्थानीयको माग

भोजपुर । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका ९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

करिव डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालिन समयमा जिल्लासँगै बाह्य जिल्लामासमेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारहरुले बताउने गरेका छन् । सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकोले राज्यले आवश्यक अध्ययन गरेर उत्खनन्को लागि पहल गर्नु पर्ने स्थानीयको माग छ ।

यहाँबाट उत्खनन् गरिएको फलाम निकै उत्कृष्ट रहेकोले अहिले पनि गाउँघरमा यहाँका फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगढ हर्कराज विश्वकर्माले बताए । आफ्ना पुर्खाले यहि नै फलाम उत्खनन् गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ । अहिले पनि उद्योग सञ्चालन गरिएको स्थान आसासमा फलामको किट पाउने सकिने उनले जानकारी दिए ।

‘सेल्मे फलाम खानी जिल्लाको उत्कृष्ट फलाम खानी रहेको बाउबाजेबाट मैले सुनेको छु’उनले भने,‘हाम्रा बाउबाजे पिता पुर्खाले यहिको फलामबाट निर्माण गरेका सामग्री अहिले पनि गाउँघरमा भेटिन्छन् । यहाँको फलाम उत्खनन्मा राज्यले ध्यान दिन आवश्यक छ । अहिले हामीले बाहिरबाट फलाम ल्याएर काम गर्नु पर्ने अवस्था छ ।’

विगतमा फलामको धाउ निकालेको खाल्डाखुल्डी अहिले पनि देख्न सकिने उहाँको भनाइ छ । सेल्मे क्षेत्रका करिव ९ घर परिवारले अहिले पनि व्यवसायिक रुपमा कालीगड पेसा अगाली रहेको अर्का कालीगड तीर्थकुमार विश्वकर्माले बताए । राज्यले यहि नै फलाम खानी सञ्चालनमा पहल गरी दिए सहजता हुने उनको भनाइ छ । गाउँमा नै भएको खानीले निरन्तरता पाए बाहिरबाट फलाम ल्याउनु पर्ने बाध्यता हट्ने उनले बताए ।

‘बाजे बराजुले यहिको फलामबाट आरन उद्योग सञ्चालन गर्नु हुन्थ्यो’उनले भने,‘हाम्रो पालोमा आउदा खानी बन्द भएको अवस्था छ । यहिको श्रोत साधनको प्रयोग गर्न पाए राज्यको पैसा बाहिर जानबाट रोकिने थियो । अहिले हामीले बाहिरको देशबाट आएको फलामको प्रयोग गर्नु पर्ने अवस्था छ । यसमा राज्य पनि गम्भिर बन्न आवश्यक छ ।’

स्थानीय जानकार बृद्धबृदाका अनुसार तीनदेखी चार पुस्ता अघि अर्थात करिव एक सय ५० वर्ष अघिबाट फलाम खानी सञ्चालन भएको इतिहास रहेको वडाध्यक्ष नभराज माङपाहाङले बताए । त्यो समयबाट शुरु भएको उद्योग करिव वि.स. २०१३ सालसम्म सञ्चालनमा रहेको स्थानीय जानकारहरुको भनाइ छ । तर पछिल्लो समयमा राज्यको वेवास्थाका कारण खानीबाट फलाम उत्खनन् रोकिएको स्थानीयबासी बताउछन् । यहाँको देवी खोला, छोक्ला, सेल्मेलगायत स्थानमा फलामको धाउ पाइने वडाध्यक्ष माङपाहाङले जानकारी दिए । सेल्मे क्षेत्रमा फलाम राम्रो सम्भावना रहेकोले राज्यले यसको उत्खनन्मा जोड दिनु पर्ने उनको भनाइ छ ।

‘स्थानीय जानकारका अनुसार यहाँ करिव एक सय ५० वर्ष अघिबाट खानी सञ्चालन आएको बुझिन्छ’ वडाध्यक्ष माङपाहाङले भने,‘अहिले पनि यहाँका आसपासमा खानी उत्खन् बेलाका किटलगायत फलामको धाउ निकालिएको स्थानहरु छन् । तर राज्यको कारण २०१३ साल आसपासमा आएर बन्द भएको देखिन्छ । यसको निरन्तरता दिन राज्यले आवश्यक अध्ययन गरेर पहल गर्न आवश्यक छ । अहिले पनि यहाँको फलामबाट बनेको कृषि औजार, कट्टी खुकुरी लगायतका साम्रगी गाउँघरमा भेटिन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी