मुगु । -यापिड डाईग्नोस्टिक टेष्ट (आरडिटी) मा पोजटिप देखिएका मुगुका एक व्यक्तिको थ्रोट स्वाव पिसिआर परिक्षणमा नेगटिप रिपोर्ट आएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयको स्वास्थ्यकर्मीहरुको टोलीले गत ४ गते खत्याड गाँउपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा आरडिटि परिक्षण गर्दा सोहि गाँउपालिका वडा नं ५ का एकको रिर्पोट पोजेटिप आएको थियो ।
आरडिटि रिपोट पोजेटिप आएपछि शंकास्पद व्यक्तिको स्वाब पिसिआर परिक्षणका लागी शनिबार कणाली प्रदेश अस्पताल सुर्खेतको ल्यावमा पठाईएको थियो सो स्वाबमा आईतबार स्वाबको पिसिआर परिक्षण हुदा नेगटिप रिर्पोट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराउनु भयो ।
गत चैत ७ गते भारतबाट ५५ जना अन्य साथीहरुको साथमा नेपाल आएका उनीमा आरडिटि रिर्पाेट पोजेटिप आएपछि जिल्ला नै त्रसित भएको थियो । सबै जना पिसिआर रिर्पाेट के आउने भनी प्रतिक्षामा थिए ।
योसँगै हिजो आइतबारसम्म मुगुका ६ जनाको पिसिआर र १७२ जना मध्य १७१ को आरडिटि रिपोट नेगेटिप आएको छ भने १ जनाको आरडिटि परिक्षणमा पोजटिप आएको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णकुमार निरौलाले बताए ।






