बाजुरा । बाजुराको त्रिवेणी नगरपालीकाका पहिलो चरमा ¥यापिट टेष्ट (आरडीटी) मा दुई जनामा पोजेटिभ देखिएको छ । दोस्रो चरमा भने एकजनालाई मात्र पोजेटिभ देखिएको छ । ¥यापिट टेष्ट गर्ने क्रममा भारतबाट चैत्र २ गते आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएको थियो । पहिलो चरणमा २२ वर्षका युवक र ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिए पनि दोस्रो चरणमा भने ६० बर्षियालाई मात्र देखिएको र फाइनका लागि भोली आरटीपीसीआरका लागि धनगढी पठाउने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादबले बताए ।
सुचना अधिकारी यादवका अनुसार सुरक्षा समिति र संटक व्यवस्थापन समितिको आपतकालीन बैठकमा समेत सो ’boutमा छलफल भएको थियो । दोस्रो पटक ¥यापिट जाँच गर्दा पनि ६० वर्षको व्यक्तिमा पोजेटिभ देखिएको र २२ वर्षको युवकमा नेगेभिट देखिए पनि स्वाब परिक्षणका लागि पठाउने तयारी गरिएको छ ।
दुवै जना चैत्र २ गते भारतबाट आएका हुन् । ६० वर्षका व्यक्ति सम्पर्कमा आए पनि उनीसँगै आएका १८ वर्षका युवक भने सम्पर्क बाहिर रहेका छन् । स्वास्थ्य कार्यालय बाजुराले यतिबेला जिल्लामा ¥यापिट टेष्ट गरिरहेको छ ।






