३ सय १० जनाको -यापिड टेस्ट नेगेटिभ

कालिकोट । वैशाख १ गते देखि सुरु भएको कोरोनाको -यापिड टेष्ट कालिकोटमा सकिएको छ । यहाँका ९ वटै स्थानीय तहमा सुरु गरिएको टेष्टमा ३ सय दश जनाको -यापिड टेष्ट नेगटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । भारत वा अन्य मुलुकबाट आएको सवैको परिक्षण गर्दा ३ सय दश जनामा कसैलाई पनि कोरोना पोजटिभ नदेखिएको स्वास्थ्य सेवा कार्यालयका कोभिड–१९ का शुचना अधिकारि कटक महतले जानकारि दिएका छन ।

भारत वा अन्य मुलुकवाट घर फर्केका जिल्लाको खाडाचक्र नगरपालिकामा ४९ जना, राष्कोट नगरपालिकामा २६ जना, पलाता गाउँपालिकामा १३ जना, पचालझरना गाउँपालिकामा १२ जना, शान्नि त्रिवेणि गाउँपालिकामा४१ जना शुभकालिका गाउँपालिकामा पहिले र अहिले गरि २३ जना, नरहरिनाथ गाउँपालिकामा ३७ जना र तिलागुफा नगरपालिका र महावै गाउँपालिका गरि जम्मा ३ सय १० जनाको दुत परिक्षण गरिएको र ति सवैको रिर्पोट नेगटिभ रहेको महतले जानकारि दिए ।अहिले सम्म दुई जनाको रिर्पोट नेगटिभ आएको बताए ।

उनिहरुको स्याव परिक्षणको लागि सुर्खेत पठाई सकेको र रिर्पोट आउन वाँकी रहेको बताए । कालिकोट कोरोना संक्र्मणको जोखिममा नरहेको पनि बताए । विषेश गरि सरकारले गरेको लकडाउनको अझै पुणरुपमा पालाना गराँै भने, कोरोना भाइरस कसैलाई पनि नदेखिने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन