घर–घरमै बसेर बनाइयो लघुचलचित्र बुहारी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लकडाउन लागू गरेको एक महिना बित्यो । यसैबीच लकडाउनका समयमा सबै जनाले आआफ्नै घरबाट काम गरी सन्देशमूलक लघुचलचित्र बुहारी तयार पारिएको छ । बुहारी नामको यो लघु चलचित्र युट्युब च्यालनबाट रिलिज गरिएको छ । यसरी कोही पनि नभेटिकनै नेपालमा बनेको यो नै पहिलो लघुचलचित्र हो ।

सबै जना घरमा भए पनि बुहारीले मात्र काम गर्नुपर्ने अवस्था अझै छ भन्ने देखाउन बुहारी निर्माण गरिएको निर्देशक पुरुषोत्तम बस्नेतले बताए । आपूmले बुहारीलाई धेरै काम लगाउँदा आप्mनी छोरी पनि अन्त बुहारी भएर गएकी छ भन्ने कुरा बुभ्mनुपर्छ भन्ने सांकेतिक सन्देश लघुचलचित्रले दिने उनले बताए । लकडाउनको समयमा कतिपय काम नभेटेरै पनि गर्न सकिने निर्देशक बस्नेतको भनाइ छ ।

बुहारी लघुचलचित्रमा शिरोमणि दवाडी, संगिता बस्याल, सुदर्शन आचार्य, बिमला लम्साल, बियान थपलिया, शान्ति महर्जन, मुस्कान वाग्ले, कमला बस्नेत र बालकलाकार रिम्सा कार्कीले अभिनय गरेका छन् । लघुचलचित्र बुहारीमा अहिले पनि कतिपय ठाउँमा घरको काम बुहारीले मात्र गर्नुपर्ने सन्दर्भ देखाइएको छ ।

नेसन मिडिया ग्रुप प्रालिद्धारा निर्मित यो लघुचलचित्र नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ । अनिलकुमार महर्जनको सम्पादन रहेको बुहारी लघुचलचित्रको कास्टिङ निर्देशक वसन्त अधिकारी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग