तमु ल्होसारमा सातवर्षकी बालिकाले नाचेर मच्चाइन तहल्का

लमजुङ । लमजुङमा एक सात वर्षीया बालिका नाँचमा अब्बल बनेर निस्केकी छन् । जिल्ला सदरमुकाम बेसीशहरमा तमु छोंज धिं गुरुङ राष्ट्रिय परिषदको बेसीशहर इकाईले सोमबार आयोजना गरेको सांस्कृतिक एवम् स्यो कैं कार्यक्रममा आफ्नो नृत्यमार्फत सबैलाई सोमबार चकित पारेकी हुन् ।

उनी स्थानीय भूतपूर्व सैनिक आवासीय माविको कक्षा– १ मा अध्ययन गर्ने लोरी गुरुङ हुन् । उनको स्थायी बसोबास बेसीशहर नगरपालिका– ७ को शान्ति टोलमा रहेको छ । गुरुङ जातिका राष्ट्रिय कलाकार द्वय पवित्रा गुरुङ र पवन गुरुङले गाएको गीतमा लोरीले नाचेर तहल्का पिटेकी हुन् । पवित्रा र पवनको गीतमा नाचेर युगल जोडीहरू त नाचेर रमाएकै थिए । त्यसमा थप रौनक भर्ने काम ७ वर्षीया लोरी गुरुङले गरिन् । गुरुङ पोशाकमा सजिएर आएकी उनको नाचको प्रशंसा नगर्ने कोही थिएन ।

यसरी नाचको अभ्यास गर्न थालेको एक वर्ष भएको उनले बताइन् । गत वर्षको ल्होसार कार्यक्रममा भाग लिएर फर्के पछि र आफू पढ्ने स्कूलले प्याब्सन डे का दिनमा प्रदर्शनका लागि तयार गरेको माथिल्लो कक्षामा पढ्ने दिदीहरूले नाचेको देखेपछि आफूलाई नाच सिक्न मन लागेको लोरीले बताइन् ।

उनका एक दाजु छन् । उनले भने नाच्न जानेका छैनन् । उनका बाबु वैदेशिक रोजगारमा छन् भने आमा गृहिणी छन् । आमालाई पनि नाच्न आउँदैन । तर मलाई सिक्नु पर्छ भन्ने लाग्यो र सिक्दैछु लोरीले बताइन् ।

उनले भनिन् ‘म आफैले सिकेको हुँ ।’ विहान बेलुका होमवर्क सकेपछिको मेरो काम नै नाच सिक्ने हुन्छ उनले जानकारी दिइन् ।

उक्त कार्यक्रममा बेसीशहरमा छरिएर रहेको विभिन्न पाँच टोलका आमाहरूको १३ टिमले नाचका लागि नाम दर्ता गराएको आयोजक समितिका सचिव सुवेदार कृष्णबहादुर गुरुङले बताए । उनका अनुसार ती सबै टिमलाई प्रोत्साहनका लागि तीन तीन हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ हुन् । उनले कार्यक्रमको उदघाटन गर्दै राज्यको कुनै धर्म नहुने भएकोहुँदा धर्मनिरपेक्ष राष्ट्र संविधानमा लेखिएको बताए । उनले संविधानका विशेषताका रुपमा रहेको समानुपातिक, समावेसी, संघीयता तथा धर्मनिरपेक्षता त्यसबाट हट्दैन, त्यसको व्यवस्थापनमा खोट भए छलफल गर्न सकिन्छ भने ।

उनले आफू मुख्यमन्त्री हुँदा गण्डकीमा गुरुङ भाषालाई सरकारी कामकाजीको भाषा बनाउन प्रयास गर्दा लिपिमै प्रष्टता नभएको हुँदा आफूले नसकेको बताउँदै यस्तो अभियानमा लाग्नेहरूले भाषा र लिपिको विकास गर्ने नयाँ पुस्तालाई सिकाउनेमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

उनले संविधान प्रदत्त अधिकारलाई उपयोग गर्न जनजातिले नसकिरहेको स्थिति छ भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । मौलिक संस्कृतिमा विक्रिति भित्रिएको प्रति चिन्ता व्यक्त गर्दै भने, ‘तमु भाषाको ल्होछारलाई किन ल्होसार लेखेको विद्वानहरूले यस्तो दोधारे कुरा गरेर हुन्छ ?’ पछिल्लो पुस्ताका कतिले ‘स्यों कै’ भनेको वनभोज हो भन्ने अर्थ लगाउने गरेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘१५ पुस भनेको अनदीको खट्टे खाने दिन हो, स्यों कैको अर्थ केटाहरूले मासुको प्रवन्ध गर्ने र केटीहरूले भात र रक्सीको व्यवस्था गरी मिलेर खाने हो तर त्यसलाई वनभोज भन्न मिल्दैन ।’ मौलिकतालाई बिर्सन हुँदैन भन्नेमा उनको जोड थियो ।

अर्को एक प्रसङ्गमा नागरिक एप चलाउन आग्रह गरे । उनले भने, ‘नागरिक एपबाट धेरै काम घरमै बसेर गर्न सक्नेतर्फ सरकार लागि रहेको छ, अब छपाईमा मात्र अर्बौं रकम बाहिरिने स्थितिको अन्त्य गरिनेछ ।’

आफूले अब लमजुङका घरघरमा इन्टरनेटको सुविधा दिने गरी काम गर्न लागेको जानकारी दिए । उनले देशका गोप्य राख्नु पर्ने कुरा नोट, नागरिक परिचयपत्र, राहदानी बुक लगायत अब आफ्नै देशमा छाप्ने र त्यो आफ्नै कार्यकालमा सम्पन्न गर्ने गरी काम गर्ने तयारी गरेको उनको भनाइ छ ।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रीले सो कार्यक्रममा आयोजक इकाईको सदस्ता लिने १५ जनालाई प्रमाणपत्र वितरण गरेका थिए । उनले हाम्रो देशमा बसोबास गर्ने सबै धर्म सम्प्रदायको भाषा, संस्कार संस्कृति राष्ट्रको सम्पत्ती हो त्यसका संरक्षणमा सबै लाग्नु पर्छ भन्ने आग्रह गरेका थिए । सो अवसरमा आयोजकले मन्त्री पौडेललाई सम्मान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने