खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका छन् । आगामी २ वर्षे कार्यकालका लागि बिहीबार भएको मतदानमा उनले अध्यक्षका प्रत्यासी सुरज श्रेष्ठलाई ९ मात्र मतअन्तरले पराजित गरेका हुन् ।

उनले ३६ मत ल्याए भने सुरजले २७ मत ल्याएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशवराज बरालले जानकारी दिए । सुरज यसअघि कार्यसमितिका उपाध्यक्ष थिए भने एमबि आस्था सदस्य थिए । कार्यसमिति उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्ष विमल तिवारी निर्विरोध भएका थिए ।

समावेशी उपाध्यक्षमा उमा आले मगर, महासचिवमा परशुराम शर्मा आचार्य र सचिवमा राजु गिरी निर्वाचित भए । उमाले ३६ मत ल्याउँदाका उनका प्रत्यासी राधिका कँडेलले २७ मत ल्याइन् । महासचिवमा निर्वाचित परशुराम शर्माले ३८ मत ल्याउँदा उनका प्रत्यासी लक्ष्मी जिसी पल्पसाले २५ मत प्राप्त गरेकी छन् ।

सचिवमा निर्वाचित राजुले ४१ मत ल्याएका हुन् । उनका प्रत्यासी कविता घर्तीमगरले २३ मत प्राप्त गरेकी छन् । सदस्यमा कृष्ण दवाडी, चेतबहादुर थापा (प्रवीण), बसबहादुर शेर्पाा (बसन्त), रिखीराम जिसी, विजय नेपाली, गिता राना र बालकुमारी पौडेल (तारा) निर्विरोध भए । कुल ७४ मतदातामध्ये निर्वाचन प्रक्रियामा ६४ जनाले भाग लिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो