डोनाल्डदेखि ट्रम्पसम्म

डोनाल्ड ट्रम्प, विश्वको एउटा हिरो, अचम्मको हिरो, सारा संसार उसका कामप्रति आँखा लगाउँदै छन् । दोस्रोपल्ट राष्ट्रपतिका रूपमा पुनरावृत्ति भएका ट्रम्प सामु चुनावी मैदानमा बाँडिएका कैयन नाराहरू पूरा गर्नु छ उनले । शपथकै दौरानमा सयौं कार्यकारी आदेश जारी भइसकेका छन् उनीबाट र अधिक व्यापारघाटा रहेकाले क्यानडा अमेरिकाको ५१औं राज्य हुन सक्छसम्म भन्न पछि परेका छैनन् उनी । आपूmले घोषणा गरेका कार्यकारी आदेशमध्ये जन्मसिद्ध नागरिकता विषयमा भने ४ दिनमै दाँतमा ढुंगा लागेको छ उनलाई । अदालतले अन्तरिम आदेश जारी गर्दै उनको आदेशलाई अस्थायी रूपमा कार्यान्वयन नगर्नू भनेको छ ।

अमेरिका फस्ट ट्रम्पको नारा हो, विश्वकै आर्थिक राजधानी हो यूएस । चाहेर, नचाहेर त्यहाँ पुग्नसम्म पाए पनि आफू गौरवान्वित भएको सम्झने विश्वका धेरै मान्छे छन् । नेपालीहरू पनि छन् । भनिन्छ झन्डै २ लाख त्यहाँ अवैध रूपमा अरू पनि पसेका छन् । पस्दा मेक्सिकोको खुला बोर्डर, जो पनि पसे अमेरिकामा, लर्को लागेर ठेलमठेल गरेर, यसमा अब ट्रम्पले कडाइ गरिसकेका छन् । सिमानामा संकटकाल घोषणा गरेर सयौं सुरक्षाकर्मी तैनाथ भइसकेका छन् ।

अघिल्लो कार्यकालमै जलवायुसम्बन्धी पेरिस सम्झौताबाट हात झिकेका ट्रम्पले आपूmले अघिल्लो चुनाव हारेर बाइडेन राष्ट्रपति भएपछि त्यसमा अमेरिकालाई पुनःस्थापना गराउँदा ट्रम्प खिन्न भएका थिए । त्यति मात्रै नभएर बाइडेनको वैधतामै प्रश्न उठाएका थिए । उनलाई संसद् आक्रमणको मुद्दा पनि थियो । त्यो मुद्दा खेपिरहेका उनका समर्थकहरूलाई ट्रम्पको कार्यकारी आदेशबाट क्षमादानसमेत भइसकेको छ र अहिले फेरि ट्रम्पले विश्व स्वास्थ्य संगठनलगायत जलवायु परिवर्तन संकट समाधान वा यससम्बन्धी कोषबाट उनले हात झिकिसकेका छन् र त्यसमा जाने रकम अमेरिकी नागरिक हितमा प्रयोग गर्ने र अमेरिकालाई अझ समृद्ध गराउने, फस्ट गराउने उनको रणनीति छ ।

ट्रम्पले सन् २०१७ मै पेरिस सम्मेलनबाट औद्योगिकीकरण बन्धकमा पर्ने भनेका थिए । यो कार्य अमेरिकी हितमा नभएको, जलवायु परिवर्तन भनेको दुनयाँका लागि छली काम हो भनेका थिए । विश्वव्यापी जलवायु कोष अमेरिकी सहयोगमै छ । अब यसको नेतृत्व चीनले लिन सक्छ । ऊसँग बीआरआई छ र उसले एसिया, अफ्रिका र लेटिन अमेरिकाका विकासशील राष्ट्रहरूलाई नवीकरणीय पूर्वाधार र वित्तीय सहयोग पनि गर्दै छ । अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट हात झिक्दा नेपाललाई पनि धेरै असर पर्नेछ । कति धेरै शिक्षा, स्वास्थ्य, खानेपानी कार्यक्रम, परिवार नियोजन, यसैको सहयोगमा यहाँ सञ्चालित छ । नेपाललगायत १ सय ७६ देशलाई यूएस एडमार्पmत भएको सहयेग रोकिइसकेको छ । नेपालले वार्षिक १६ अर्ब, ५ वर्षमा ८० अर्ब गुमाउनुपर्नेछ । यो अवसर र चुनौती हो । देश स्वयंं आत्मनिर्भर हुनुपर्छ । सधैं भिक्षार्थी होइन । अर्को कुरा यूएन महासचिव यहाँ आए । पहाड, हिमाल घुमे र यहाँको सरकारले जलवायु परिवर्तनको संकट परेको ’bout विश्वलाई लबिइङ गरिदिन आग्रह ग¥यो र महासचिव गुटेरसले लबिइङ गरिदिए पनि । कोषबाट केही रकम यहाँ आउने भयो तर अब अमेरिकाले यसबाट हात झिक्नासाथ नेपाललगायतका अन्य मगन्ते देशहरूलाई कोेष चलाउन नपाउँदा ठूलै समस्या पर्ने अनुमान हुँदै छ । विकासशील देशहरूले भन्ने गरेका छन् जीवाश्म इन्धनको प्रयोग विकसित देशहरूले घटाउनुपर्छ । कोइला आदिको प्रयोग निश्चित समयभित्र शून्यमा झार्नुपर्छ । तर भारत, चीन, रसिया, अमेरिकाहरूले जति जीवाश्म इन्धनको प्रयोग गरेर औद्योगिक विकास गरेका छन् । ती देशहरू यसमा त्यति सहमत थिएनन् । अब ट्रम्पले त जीवाश्म इन्धन, कोइलाको प्रयोग गरेर नै उद्योगधन्दामा बढावा दिने भनिसकेका छन् ।

ट्रम्पसँग त्यस्तो क्षमता छ कि विश्व उनीतिर आकर्षित होस् । चुनावी मैदानमा उनले भने— रसिया, युक्रेन अनि इजरायल हमास युद्ध बन्द गर्छु । नभन्दै चुनाव जित्नासाथ शपथअघि नै उनले इजरायलमा शान्ति दूत पठाए । युद्धविराम नभए परिणाम राम्रो हुन्न भने । इजरायल–हमास युद्ध अस्थायी शान्ति सम्झौता भइहाल्यो । कतिपय बन्दीहरू रिहा पनि भइसकेका छन् । उता रसियाका पुटिन र युक्रेनका जेलेन्स्कीले मुख खोलरै भने— युद्ध अब शान्तिमा परिणत हुन्छ । विश्वको प्रभावबाट हाम्रो देश मुक्त हुन सक्दैन, राम्रो नराम्रो । बजारको असहजता नराम्रो परिणाम हामीले वर्षौंअघिदेखि खेपिरहेका छौं । रसिया–युक्रेन वारले आटा, मैदा, गहुँ, तेललगायतका खाद्यान्नमा भएको महँगी अनि अरू देशले हामीलाई लगाएको खाद्यान्नको कोटामा निर्भर छौं हामी । आप्रवास नीति जुन ट्रम्पले लिएका छन्, कतिको मनमा ढ्याङ्ग्रो ठोकेको छ । भूकम्प ७२ पछि करिब १४ हजार नेपालीले अमेरिकामा अस्थायी बसोबास पाएका थिए र त्यसको अन्तिम समय चालू सन् २०२५ हो । अब यस अस्थायी संरक्षण नीति अमेरिकाले खारेज गर्ने भएको छ । एजेन्सीहरूलाई ट्रम्पले कार्यकारी आदेश दिइसकेका छन् । स्वास्थ्य क्षेत्रका गर्भपतन सेवा, मातृ शिशु, परिवार नियोजन सेवालगायतका कार्यक्रमहरूमा त अमेरिकी सहयोग नहुँदा यहाँ ठूलै मार पर्न सक्ला । एमसीसी भने हाम्रो हितमा थिएन भनियो पहिले सबैको मनमा त्योे थियो पनि । तर एकाएक संसद्ले पास ग¥यो, एमसीसी सम्झौता हुँदा ट्रम्प नै भएकाले यसलाई असर नपर्न सक्छ तर बीआरआईतिर हाम्रो ध्यान केन्द्रित रहेको र बीआरआईको चीनसँग ट्रम्पको आँखा कर्के रहेको छ । ब्रिक्स समर्थक अन्य मन नपरेका देशबाट आयात हुने सामानमा कडा भन्सार लागिसकेको अवस्था छ तर चुनावमा भनेअनुसार चीनको सामानमा हाललाई कर वृद्धि भएको छैन । यो उनको व्यापारिक कूटनीति हुन सक्छ, । ब्रिक्स कन्ट्रीहरूले डलरमा व्यापार नगरेर आफ्नै मुद्रामा गर्न लागेकामा ट्रम्पको आपत्ति छ ।

ट्रम्पसँग त्यस्तो क्षमता छ कि विश्व उनीतिर आकर्षित होस् । चुनावी मैदानमा उनले भने— रसिया, युक्रेन अनि इजरायल हमास युद्ध बन्द गर्छु । नभन्दै चुनाव जित्नासाथ शपथअघि नै उनले इजरायलमा शान्ति दूत पठाए । युद्धविराम नभए परिणाम राम्रो हुन्न भने । इजरायल–हमास युद्ध अस्थायी शान्ति सम्झौता भइहाल्यो । कतिपय बन्दीहरू रिहा पनि भइसकेका छन्

आप्रवासीप्रति ट्रम्पको कठोर नीति रहेको देखियो । आमाबाबु उतै बसेका छन् काम गरेका, उद्योग, व्यवसाय गरेका छन् । कसैले अमेरिकी गाडी धोएका छन् । रेस्टुराँ होटलमा सेवा गरेका छन् अमेरिकालाई उजिल्याएका छन् । तिनले जन्माउने बच्चा त्यहाँको नभएर कहाँको नागरिक हुने उनीहरूको तर्क छ र कतिले त ट्रम्पले शपथ लिने २० जनवरी अघिल्लै दिन बर्थिङ गराएको खबर छ भने अवैध हुने डरले कतिले एबोर्सन गराएको खबर छ । अमेरिका जसले अमेरिका बनायो आप्रवासीहरूले बनाएका हुन्, जसलार्ई ट्रम्पले अति विश्वास गरे एलेन मस्क, उनी पनि आप्रवासी नै हुन् र कमला ह्यारिस आपैंm भारतीय मूलकी हुन् । संसारकै मानिसहरू त्यहाँ छन् कतिलाई फर्काउने, थर्काउने घरजम गरी बसेका छन् । भनिँदै छ, चार वर्षपछिको कुरो फेरि अर्कै होला अहिले थर्काउनुहुन्न भन्न थालेका छन् र सायद अदालतले अन्तरिम आदेश पनि यसैका लागि दिएको हुन सक्छ जन्मसिद्ध नागरिकताका विषयमा ।

ट्रम्प हिन्दू धर्मका चर्चित भारतीय प्रधानमन्त्री मोदीका असल मित्र हुन् भनिएको थियो । ट्रम्पले शपथ कार्यक्रममा बोलाएनन् । मोदीले बधाई दिए । त्यसको जवाफमा धन्यवाद पनि पंक्ति तयार हुन्जेल फर्केको छैन । ट्रम्पको विजय होस् भनेर भारतका कैयन क्षेत्रमा हिन्दू पद्धतिअनुसार पूजा, हवन, यज्ञ भएको थियो । ग्रहशान्ति भएका थिए । हिन्दू अनुयायीहरूको भीडै लागेको थियो ट्रम्पलाई चुनाव जिताउन । रसियाबाट खरिद भइरहेको तेल ट्रम्पकै समर्थनमा भारतले खरिद गर्न छोडेको थियो । बंगलादेशमा हिन्दूहरूप्रति गरिएको व्यवहार हामीलाई असह्य छ भन्दै चुनावमा हिन्दूहरूको समर्थन पाएर विजयी भएका ट्रम्पले सबै धर्मगुरुहरूलाई शपथ कार्यक्रममा बोलाए । निम्तो दिए, तर कुनै हिन्दू पण्डितलाई बोलाएनन् । जन्मजात उनको क्रिस्चियानिटी त्यहाँ उजागर भयो । मोदी बोलाइएनन् । भारतको प्रतिनिधि भएर जयशंकर गए । सिट खोज्दै शपथ कार्यक्रममा तेस्रो लहरमा बसे । तर, सबैसँग कुराकानी गर्न सक्ने ट्रम्पले उनीसँग कुनै कुरो भएन । यस अर्थमा भारतको मनमा चिसो पसेको प्रतीत हुन्छ र भारतीय मिडियाहरू भन्दै छन् मेक अमेरिका फस्ट ग्रेट अमेरिका भन्ने ट्रम्पले लिएको नारा त अघि रोनाल्ड रेगनले नै लिएका हुन् । हिट्लरले पनि मेक जर्मनी ग्रेट भनेका थिए तर खोइ त ? पंक्ति तयार भइरहँदा भारतीय मूलका आप्रवासीहरूप्रति अमेरिकी सहर सिकागो, टेक्सस, क्यालिफोर्नियालगायतमा धरपकड सुरु भइसकेको छ । डिपोट हुँदै छन् भारतीयहरू भन्दै भारतीय समाचार एजेन्सीहरूले रिपोर्टिङ गरिरहेका छन् । साँच्चै आप्रबासीहरू अमेरिकामा ३ करोडको अनुमान छ र एक एक खोज्दै सैनिक विमानबाट देश निकाला गर्दै, कैयनलाई हिरासतमा राख्दै गरेको खबर छ । साँच्चै भारतीय, पाकिस्तानी, नेपालीहरू मात्रै होइन मेक्सिको, एल्साल्भाडोरलगायतका संसारकै धेरै मान्छे अमेरिका छिरेका छन् ती सबैको मनोदशा के हुने ? भारतीयहरू त १० लाख बढी आमाबाबु त्यहाँ बसिरहेका छन् । तिनका बच्चाबच्चीहरू भारतमा फर्कनुपर्ने हुन्छ ।

संयोग नै भन्नुपर्र्ला ट्रम्पको इच्छाअनुसार भारतले आप्mना लाखौं त्यहाँका आप्रवासीहरूलाई स्वदेश फर्काएर आपैंmले व्यवस्थापन गर्ने कूटनैतिक समझदारी तुरुन्तै गरिसकेको छ र उसले पुनःस्थापना गर्ने भनेको छ । भारतले यो कूटनीतिक प्रयास गरेकाले अन्य देशले र खासगरी नेपालीहरूलाई ससम्मान फिर्ता गर्ने कार्यमा हाम्रो परराष्ट्र मन्त्रालय अग्रसर हुन जरुरी छ । सबै त्रासमा छन् त्यहाँ अहिले । भारतकै नक्कल गर्दै नेपालको परराष्ट्र मन्त्रालयले यो पहल गर्न सक्छ । नेपालीहरूलाई सहज हुन्छ, त्यसो गर्दा । रेड हानिएको, छापा हानिएको अवस्था छ । मनोवैज्ञानिक त्रासमा हजारौ नेपाली परेका छन् । साउदी अरबलगायत तेल निर्यातक ओपेक राष्ट्रहरूलाई तेलको मूल्य घटाउन ट्रम्पले आदेश दिइसकेका छन् र केही हदसम्म मूल्य घटिसकेको अवस्था छ । दोस्रोपल्ट रसियालाई कडा आदेश जारी गरेका छन् । पंक्ति तयार भइरहँदा स्विट्जरल्यान्डको डावर्समा विश्वका ३ हजारभन्दा बढी नेताहरूले भाग लिएको एक कार्यक्रममा भिडियो सन्देश पठाउँदै रसियालाई तुरुन्तै युक्रेन युद्ध बन्द गर्न र त्यसो नगरे नाकाबन्दी सहन तयार हुन भनेका छन् र राष्ट्रपति पुटिनसँग भेट्न चाहेका छन् । विश्वभरिकै बैंकहरूलाई आदेश जारी गर्दै ट्रम्पले उद्यम व्यवसायीको हितमा बैंक ब्याजदर घटाउन भनेका छन्, संसारमै लगानी सहज होस् भन्दै । अमेरिकी ठूलाहरू जसको हत्या भयो तिनको अनुसन्धान र हत्यारा पत्ता लाउने पनि भनेका छन् । अचम्म त के छ भने उमेर घर्केर आराम लिने बेला ट्रम्प यति आक्रामक भएर आउँदा विश्व एकपल्ट थर्कमान भएको छ, कुनै अवतारी व्यक्ति नै प्रकट भएको महसुस गर्दै ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा