मधेश प्रदेशमा साक्षरता अभियान चलाइने

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेश प्रदेशमा साक्षरता अभियान चलाइने बताएका छन् । हिजो आइतबार सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय भक्तिपुरमा आयोजित ६०औं वार्षिकोत्सव ‘हिरक महोत्सव बोल्दै मुख्यमन्त्री सिंहले मुस्लिम, आदिवासी जनजाति तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने र मधेश प्रदेश सरकारले साक्षरता अभियान चलाउने बताए ।

यसपालीको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा आधुनिक विद्यालय निर्माण गरिने, आइटी शिक्षालाई पनि मधेश सरकारले प्राथमिकतामा राखेको उनाले बताए । मुख्यमन्त्रीले आउने दिनहरुमा प्रत्येक विद्यालयमा संगीत विषयलाई जोड पनि दिने बताए । उनले संगीत विषयको अध्यापन हुने भएपछि विद्यार्थीहरु कुलतमा नलाग्ने तथा विद्यार्थीको कला विकास हुनुको साथै मनोरञ्जन समेत हुने बताए ।

त्यस्तै उनले पत्रकारको लागि मास कम्युनिकेशन शिक्षणको लागि बजेट छुट्याएको बताए । उनले फरक प्रसँगमा यो देश कृषि प्रधान देश हो, अझ मधेश उरबर भुमि भएको हुँदा १ सय ३६ पालिकामा कृषि विद्युतीकरण र सिचाइँ गर्ने बोर्डिङ्गको व्यवस्थापन गरिने बताए । प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्रे गरिने तथा एउटा पुल निर्माण गरने मुख्यमन्त्री सिंहले बताए ।

श्री नारायण माविका संगीत प्रशिक्षक सुशील गजमेरलाई सम्मान गरिएको थियो । ‘हिरक महोत्सवमा नृत्य प्रतियोगितामा ८ वटा सामुदायिक तथा संस्थागत विद्यालयले भाग लिएका थिए । जसमध्ये नारायण माध्यमिक विद्यालय ईश्वरपुर ६ प्रथम भएको थियो भने श्रीनगरको माध्यमिक विद्यालय दोश्रो भएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी