आहारारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो । मैदानमा थिए, भारतको थन्डरबोल्ट्स नर्थ युनाइटेड क्लब र उज्जेकिस्तानको ब्ल्याक बुल्स एफसी । पहिलोपल्ट आहारारा खेल्न आएका यी टिममा उज्जेकिस्तानको टिमले ३–० गोलअन्तरले जित हात पार्दै सेमिफाइनल यात्रा सुनिश्चित पा¥यो ।

ब्ल्याक बुल्स् सेमिफाइनलमा

योसँगै जारी संस्करणमा सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले साविक उपविजेता थ्रिस्टारको सामना गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । आहारारामा पाँचपल्टको विजेता थ्रि स्टारले दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबललाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

मंगलबारको खेलमा उज्जेकिस्तानी टिमले पहिलो हाफमा १–० को अग्रता लिएकोमा दोस्रो हाफमा भारतीय टिममाथि हावी हुँदै थप २ गोल जोडेको हो ।

३८ औं मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभले साभकात्जोनको पासमा सुन्दर प्रहार गर्दै टिमका लागि पहिलो गोल गरेका हुन् । वैकल्पिक खेलाडीको रुपमा छिरेका सायिदजामोल दब्लाजोनोभले ७३ औं मिनेटमा गोल गर्दा त्यसको २ मिनेट नबित्दै अर्को गोल थपिन पुगेको हो । ७५ औं मिनेटमा सभकटजोन सट्टोरोभले डि–बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । जसले जित सुनिश्चित गरिसकेको थियो । प्रतियोगितामा प्लेयर अफ दि म्याच ब्ल्याक बुल्सका अलीजोन अलिजानोभ घोषित भए ।

थन्डरबोल्टले पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने ब्ल्याक बुल्स बाई पाएर सिधैँ क्वाटरफाइनल खेलेको हो ।

बुधबार पहिलो सेमिफाइनल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकै परिवारको ३५ वर्षसम्म वर्चस्व