दार्जिलिङका कलाकार लिएर पलेटी फेरी

काठमाडौं । विगतमा केही वर्ष अघि हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम नेपालमा कोभिड सुरु भएपछि रोकिएको थियो । यो कार्यक्रम यस पटकबाट फेरी सुरु हुने भएको छ । यस पटक पलेटीमा दार्जिलिङका सांगीतिक परिवार प्रस्तुत हुने आयोजक नेपालयले जनाएको छ । नेपालयका अनुसार पलेटी २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो ।

यस महिनाको अन्तिम शुक्रवारको कार्यक्रममा संगीतकार चन्दन लोमजेलले दार्जिलिङका गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर प्रस्तुत गर्दै छन् । जसलाई शिल्पी डेजी बराइली र विमोचन लोमजेलले गाउने छन् । यो कार्यक्रम एउटै परिवारको पुरानो र नयाँ पुस्ताको संगीतिक संगम हुने आयोजक पक्षको कथन छ ।

आयोजक पक्षका अनुसार नोरदेन रुम्बा दार्जिलिङको नेपाली साहित्यिक जगतमा स्थापित नाम हो । रुम्बाले दार्जिलिङमा बसेर गरेका सृजनाले नेपाली साहित्यिक क्षेत्रको धुरी अग्लिएको नेपालयले जनाएको छ । सोही कारण उनको सृजना यस पटक प्रस्तुत गर्न लागिएको पनि नेपालयले जानकारी गराएको छ ।

विगतमा पलेटीमा आफ्ना गीत प्रस्तुत गरिसकेका चन्दन अहिले पलेटीको नयाँ कार्यक्रमको अभ्यासमा व्यस्त छन । कार्यक्रम’bout उनले भने, ‘पलेटीले पुराना सर्जकहरूका रचनालाई संरक्षण गर्ने जुन उद्देश्य राखेको छ र त्यसबाट प्रभावित भएर नै यसपालि पनि पलेटीमा आएका छौँ । गीतकार दाजु नोरदेन रुम्बाका रचना पलेटीमा संरक्षण गर्ने उदेश्य सुन्ने बित्तिकै हौसिएको म यहाँ आएर वाद्यवादहरूसँग अभ्यास गरिरहँदा झन् हौसिएको छु ।’

चन्दन लोमजेलकै धुनमा मूर्धन्य नेपाली गायक नारायणगोपालले स्वर दिएको मेरा सबै रात अब, मातहरू भए जस्ता गीत नोर्देन रुम्बाकै सृजना हो । त्यस्तै कर्म योञ्जनको धुनमा अरुणा लामाले गाएको फूललाई सोधेँ, कहाँ गयौ कता गयौ भमरा जस्ता गीत पनि कार्यक्रममा प्रस्तुत गर्ने चन्दनले बताए । गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ, शुभकामना खाली खाली दिनेलाई जस्ता गीतहरू पनि यस पटक सुनाइने छ । यो महिनाको पलेटीमा भने नोरदेनले लेखेका तर आजसम्म कतै रेकर्डमा नआएका गीतहरू प्रस्तुत हुने पनि चन्दनले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३