चर्को डिजे, पटाका र आतिशवाजीप्रति पर्सामा कडाई

वीरगन्ज । विवाह, व्रतबन्ध र धार्मिक तथा साँस्कृतिक कार्यक्रममा हुने ध्वनि प्रदुषणलाई न्यूनिकरण गर्न पर्सामा कडाई गरिने भएको छ । होटल तथा पर्यटन व्यवसायमा अझ व्यवस्थित गर्दै लाने निर्णय अनुसार तत्काललाई आतिशबाजी पटाका र राती १० बजेपछि डिजे पूर्णरूपमा प्रतिवन्धै गर्ने गरी कडाई गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार बसेको सरोकारवालाहरुको बैठकले ६ बुँदे निर्णय गर्दै ध्वनि प्रदुषणलाई नियन्त्रण गर्ने गरी लिखित सहमति भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए । सरोकारवालाको बैठक पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको उनको भनाइ छ । बैठकमा वीरगन्जमा संचालित पार्टी प्यालेसहरुका संचालक एवं प्रबन्धक र स्थानीय प्रहरी प्रहरी–प्रशासनका प्रमख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

सो बैठकले जिल्लामा हुने ध्वनि प्रदुषणलाई पूर्णरुपमा न्यूनिकरण गर्न होटल, पार्टी प्यालेस र धार्मिक र साँस्कृतिक कार्यक्रममा डिजेलाई क्रमशः कम गर्दै लाने निष्कर्षमा पुगिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । हाललाई डिजे राती १० बजेपछि पूर्णरूपमा प्रतिवन्ध नै गर्ने पनि निर्णय भएका उनको भनाइ छ । अटेर गर्नेलाई कानूनी दायरामा ल्याउन पनि सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

सरोकारवाला उपस्थित बैठकको सहमतिलाई सबै पक्षले अक्षरस पालना गर्नु गराउनु पर्नेमा उलंघन गरिए कडा कार्वाही गर्ने र कानूनको दायरामा ल्याउने कुरामा सुरक्षाकर्मीलाई सबैले सहयोग गर्नुपर्नेमा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले जोड दिएका थिए । सादी विवाह गर्ने होटल तथा पार्टी प्यालेस अगाडी अनावश्यक सवारी पार्किङ्ग गरी सर्वसाधारणलाई अवागमनमा प्रतिकुल असर पनि गर्न नहुने सरोकारवाला सहभागी बैठकको ५ नम्बर बुँदामा उल्लेख गरिएको छ ।

सीमासँग जोडिएको जिल्ला भएकोले सीमापारीबाट नियम बिपरित भित्रिने डिजेका उपकरण र पटाका तथा आतिसबाजीका अन्य पदार्थहरुमा कडाईका साथ सशस्त्र प्रहरी प्रस्तुत हुने कुरामा कतैबाट आक्षेप आउन नहुने गण नम्बर १३ का गणपति ससस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले पनि तर्क गरे ।
पार्टी प्यालेस प्रायः अग्रिम बुकिङ हुने र अधिकांश सेवाग्राहीले बुकिङ गर्दा नै डिजे सहित हुनु पर्ने माग गर्ने भएकोले तुरुन्तै पूर्णरूपमा डिजे बन्द गर्ने अवस्था नरहेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष पन्तले सहभागी सामु आफ्ना भनाइ राखेका थिए ।

उनले होटल तथा पार्टी प्यालेसहरुबाट हुने ध्वनि प्रदुषणलाई विस्तारै न्यूनिकरण गर्दै जाने कुरामा नियमनकारी निकायबाट पार्टी प्यालेस तथा होटलहरुमा १० बजे पछि मात्र डिजे निषेध गर्ने गरी सहयोग गर्न आग्रह गरेका थिए । बैठकमा संघका महासचिव माधब बस्नेत सहित आन्तरिक राजस्व कार्यालय पर्सा, पर्यटन कार्यालय पर्सा, लगायत स्थानीय पार्टी प्यालेसका प्रमुख तथा प्रतिनिधिहरुको सकृय उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित