घरमा मृत भेटिइन बलिउड अभिनेत्री शेफाली जरीवाला

मुम्बई । भारतीय अभिनेत्री तथा मोडेल शेफाली जरीवालाको आकस्मिक मृत्यु भएको छ । शुक्रवार राती उनलाई मृत अबस्थामा मुम्बईको अँधेरी क्षेत्र स्थित अपार्टमेन्टमा भेटिएको प्रहरीले जनाएको छ ।

शेफालीलाई पति पराग त्यागी र अन्य तीन जनाले मुम्बईको बेलेभ्यू अस्पताल पु¥याउँदा निकै अघि मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । ४२ वर्षीय शेफालीको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने अस्पतालको अनुमान थियो ।

शनिवार बिहानी पख उनको मृत्युको ’boutमा जानकारी पाएको मुम्बई प्रहरीले शनिवार मध्यान्नमा भन्यो,‘ शेफालीको शव उनको अँधेरी अपार्टमेन्टमा फेला परेको थियो । उनका आफन्तमार्फत तुरुन्तै बेलेभ्यू पु¥याए पनि त्यहाँबाट पोस्टमार्टमको लागि कपूर अस्पताल पठाइएको छ र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र शेफालीको मृत्युको कारण थाहा हुनेछ ।’

शेफाली जरीवालाको घरमा फोरेन्सिक टोली पनि खटाइएको थियो, जहाँ उनीहरूले कोठा र परिसरमा गहन खोजी गरे । उनको मृत्युको कारण वा प्रकृति हो भन्ने ’boutमा कुनै आधिकारिक बयान जारी गरिएको छैन, तर प्रहरी र फोरेन्सिक अधिकारीहरूको उपस्थितिले उनको मृत्यु घटनालाई शंकास्पद मानिएको छ ।

शेफाली जरीवाल भारतकी सफल मोडेल एवम् अभिनेत्री थिइन् । २० वर्षको उमेरमा ’काँटा लगा…’ गीतको भिडियोमा मोडलिङ गरेर उनी पहिलो भिडियोबाटै लोकप्रिय भएकी थिइन् । त्यसपछि उनले दर्जनौँ म्युजिक भिडियोमा आइटम डान्स गरिन् ।

उनले चलचित्र यात्रा भने सलमान खानको चलचित्र मुझसे शादी करोगीबाट सह अभिनेत्रीको रूपमा अघि बढाएकी थिइन् । पछिल्लो समय शेफाली बढी जसो रियालिटी सोहरूमा व्यस्त रहिन् । आफ्ना पति पराग त्यागीसँग उनले ’नच बलिये ५’ र ’नच बलिये ७’ मा भाग लिएर चर्चा कमाएकी थिइन् । उनी बिग बोस १३ मा पनि प्रतिस्पर्धी थिइन् ।

विभिन्न वेभ सिरिजमा पनि अभिनय गरेकी शेफालीले सन २००४ मा हरमीत सिंहसँग विवाह गरेकी थिइन् । तर पतिले चलचित्र वृत्तमा काम गर्न बाधा पु¥याएपछि सन २००९ मा उनले सम्बन्ध विच्छेद गरिन् । त्यस पछि सन २०१५ मा उनले पराग त्यागीसँग विवाह गरेकी थिइन् । अभिनय व्यस्तता देखाउँदै शेफाली र परागले सन्तान जन्माउने योजना पटक पटक पछि सारेका कारण उनको कुनै सन्तान छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्री र सचिव जोडिएको घुस प्रकरणबारे छानबिन गर्न ३ सदस्यीय समिति गठन