वडाध्यक्षसहित नेकपाका दुई नेता निलम्बन

कालिकोट । सडक निर्माणका विषयमा विवाद हुँदा, गाउँपालिका अध्यक्षलाई ढुङ्गा प्रहार गरी घाइते गर्ने वडा अध्यक्ष र नेकपा गाउँ कमिटी अध्यक्षलाई नेकपा कालिकोटले निलम्बन गरेको छ ।

नेकपा कालिकोटले घटनाको छानविन नहुँदासम्म दुई नेतालाई निलम्बन गरेको नेकपा कालिकोटले जनाएको छ । पचाल झरना गाउँपालिका अध्यक्ष खडकराज सेजुवालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।

पीडित पक्षले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारवाहीको माग गर्दै नेकपा कालिकोटलाई ज्ञापन पत्र बुझाएपछि निलम्बन गरेको हो । निलम्बनमा पर्ने पलाँता गाउँपालिकाकै वडा नं १ का वडा अध्यक्ष तथा नेकपा जिल्ला कमिटि सदस्य मान बहादुर भण्डारी र नेकपा पलाँता गाउँ कमिटि अध्यक्ष विस्नुबहादुर रोकाया रहेका छन् ।

घाइते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर वम पनि एक वर्ष अघिबाटै पार्टीबाट निलम्बनमा परिसकेका छन् । घाइते गाउँपालिका अध वम र उनकी श्रीमती गोरिकला बमको टाउकोमा गम्भीर चोट लागेर हेलिकप्टर चार्टर गरी सुर्खेतको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

पीडित वम पक्षको प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन । अनुसन्धानमा जो दोषी ठहरिए पनि जाहेरी लिएर पीडितलाई न्याय दिनु पर्ने माग गरेको छ । उता ढुङ्गा प्रहार गरी घाइते गर्ने समुहले पनि आफुले ढुङ्गा नहानेको दाबी गरेको छ । मान्ममा पत्रकार सम्मेलन गरी उनीहरूले घटनाको निष्पक्ष छानविन गर्नुपर्ने माग राखेका छन् ।

घटनामा आफ्नो समुह पनि घाइते भएकाले आफ्नो पनि जाहेरी दर्ता गर्ने नेता ईन्द रोकायाले बताए । उनका अनुसार, गाउँपालिकामा अध्यक्षले मनपरी गर्दै आएकाले आफुहरूले खवरदारी गर्न निरन्तर सल्लाह सुझाव दिरहेको सम्मेलनमा बताए ।

घटनाको भिडियो हेर्दा वडा अध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई सुरूमै झापड हानेको देखिएको छ । पार्टी र सत्ता पक्षको यो भन्दा अगाडी देखिनै वादविवाद हुँदै आइरहेको थियो । यो फौजी आक्रमण पहिलो पटक हो ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग