वर्षासँग छमछमी नाचे माग्ने बुढा

काठमाडौं । विगतका चलचित्रमा हास्य अभिनेताको रूपमा काम गर्दै आएका केदार प्रसाद घिमिरे (माग्ने बुढा) पहिलो पटक चलचित्र माग्ने राजामा मुख्य नायकको भूमिकामा छन् । आगामी ६ भदौमा रिलिज हुने यो चलचित्रमा उनले अभिनयसँगै नायिकासँग अन्य नायक जस्तै छमछमी नाचेका छन् । यसका लागि उनले एक हप्ता भन्दा बढी नृत्यको अभ्यास गर्नु परेको निर्माण पक्षले जनाएको छ ।

माग्ने राजाको पहिलो गीत ‘त्यो मिठो जोबन..’को भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । जसमा वर्षा सिवाकोटी र केदारको माया प्रेम देखाइएको छ । केदारले यो गीतको भिडियोमा कोरससँगै वर्षासँग जोडी बनेर छमछमी नाचेका हुन् ।

यो गीतमा दीपक शर्माले संगीत गरेका छन् । गीतको रचना पनि दीपककै हो । जसमा रचना रिमाल र सविन सुवेदीको स्वर रहेको छ ।

वर्षासँगै केदारलाई यो गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराजले नचाएका हुन् । केदारले नाच्न सक्ने स्टेपमा अभ्यास गराएर आफूले उनलाई राम्रोसँग नचाएको कविराजले बताएका छन् ।

चलचित्रमा केदार र वर्षासँगै आर्यन सिग्देल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी उर्फ मिस पविको अभिनय छ ।

यम प्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । जसमा नरेन्द्र मैनालीको छायांकन रहेको छ । यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन र मुनाल घिमिरेले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन