सिद्धबावा सुरुङमार्ग निर्माणले गति लिदै

पाल्पा । सिद्धार्थ राजमार्गको जोखिम क्षेत्र मानिएको पाल्पा सिद्धबाबामा निर्माणधिन सुरुङमार्गको काम धमाधम भइरहेको छ । वि.सं. २०८१ माघ १० गते बे्रक थ्रु भएको सुरुङमार्गको मुख्य टनेलमा सवारी गुड्ने भुईको भाग ढलान सकिएको छ । सुरुङमार्ग नेपाल सरकारको आफ्नै लगानीमा बनेको गौरबको आयोजना हो । सुरुङमार्ग भित्र माथिल्लो भाग र दायाँ–बायाँ लेपन गर्ने कार्य ८ सय ३४ मिटर सकिएको छ ।

लेपन बाँकी २ सय ९२ मिटरमा काम भईरहेको छ । सुरुङमार्ग रहेका तिन वटा बाईपासमा पनि भुई ढलान र भित्ता लेपन गर्ने कार्यसँगै भइरहेको छ । सुरुङमार्गको हालसम्म ५७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना निर्धारित समयमै सक्न गरी निर्माणका काम भइरहेको आयोजना कार्यालयले लिएको छ । १८ देखी २० महिना भित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।

सुरुङमार्गको जम्मा लम्बाइ १ हजार १ सय २६ मिटर रहेको छ । सुरुङ मार्ग निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । २०७८ फागुनमा सम्झौता भएको आयोजना ५ वर्षभित्र २०८३ चैत्र ८ गते सम्पन्न गर्नुपर्नेछ । आयोजना ७ अर्ब ३४ करोड २१ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो ।

दुई लेनको सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाई करिब ७ मिटर रहेको छ । भुई ढलान र भित्ता लेपनको काम सकिएपछि लाइट, संचार तथा सुरक्षा उपकरण जडानको काम शुरु हुनेछ । सुरुङमार्ग कार्य प्रगति ’boutमा जनप्रतिनिधि नियमित रुपमा अनुगमन र चासो देखाएका छन् । सुरुङमार्ग निर्माण कार्य निर्धारित समयमै सक्न आवश्यक समन्वय र अनुगमन गरिरहेको पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले बताए ।

सुरुङमार्गसँगै सुरुङ आसपासको सडकमा समेत स्तरोउन्नती र पहिरो रोकथाम गर्न थालिएको छ । हरेक बर्ष पहिरोले जनधनको क्षति पु¥याएको सिद्धबावा क्षेत्रमा सुरुङमार्ग बनेसँगै यात्रा सुरक्षित हुनेछ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका अधिकांश जिल्लाका लागी सिद्धार्थ राजमार्ग लाइफ लाइन बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन