मदन भण्डारीको अँधेरीमा दुर्घटना: चालकको ज्यान गयो

उदयपुर । मदन भण्डारी लोकमार्गको नेपालटार गाईघाट खण्डको सडकमा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका– ७ अधेरीमा सवारी दुर्घटना हुँदा बिहिवार बिहान एक जनाको ज्यान गएको छ ।

काठमाडौबाट इटहरी तर्फ जाँदै गरेको प्र १–०२–००१ ख ९२६० नम्बरको ट्रक आफै अनियन्त्रित भइ दुर्घटना हुदाँ चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षिय जिवन बि.क. को उपचारको क्रममा जिल्ला अस्पाताल बोक्से गाईघाटमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नाबय उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।

दुर्घटनामा गम्भिर घाईते भएका चालक बिकलाई उद्धार गरी जिल्ला अस्पाताल बोक्से गाईघाटमा उपचारको क्रममा ज्यान गएको अस्पतालका चिकित्सकले बताए । दुर्घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।

चालकको शब पोष्ट मार्डमको लागि शब गृहमा राखिएको जनाएका छन । मदन भण्डारी लोकमार्गको अँधेरीमा दैनिक जसो सानो ठुलो दुर्घटना हुने गरेका स्थानीय होम बस्नेत बताउँछन ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान