ताप्लेजुङ गोल्डकपः चर्चब्वाइजसँग लिजेन्ट स्तब्ध

ताप्लेजुङ । १० खेलाडीमा सीमित सिलिगुढीलाई स्तब्ध पार्दै चर्चव्वाइज क्लब ललितपुरं ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको प्रतियोगितामा लिजेन्ड फुटवल एकेडेमी सिलिगुढीलाई १–० गोलले पराजित गर्दै चर्चब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो ।

चर्चब्वाइजको तर्फवाट पहिलो हाफको नवौ मिनेटमा मनिषकुमार जर्घाले गरेको गोल नै निर्णायक बन्यो । दायापट्टिको भागवाट रोशन पहाडीले दिएको पासलाई मनिषले जाली चुमाएका थिए ।

हाफटाइम अघि नै लिजेन्डका प्रितम बैद्यले रेर्डकार्ड पाएर बाहिरिएपछि भारतको टोली १० जनामा सीमित भएर खेलेको थियो । आजको खेलमा म्यान अफ द म्याच चर्चवाइजका गोल्ड रक्षक विश्वास चौधरी बनेका छन् ।

सोमबारको विजेताले द योङ ब्रदर्स क्लब इटहरी सुनसरीसँग फाइनल प्रवेशका लागि खेल्नुपर्ने छ । आइतबारको बिजेता रेडस्टार क्लब झापा यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।

मंगलबारको खेल सलहेस युवा क्लब सिराहा र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि बिजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार २ सय ८२ रुपैंया प्राप्त गर्ने छन् । सर्बोत्कृष्ट खेलाडीलाई बाइक पुरस्कार राखिएको छभने विधागत पुरस्कार पनि रहेको छ । फाइनल खेल साउन ३१ गते शनिबार हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण