अशक्त र जेष्ठ नागरिकको बेडमै परिचय पत्र नवीकरण

राजविराज । अशक्त भइ हिडडुल गर्न नसकि घर तथा अस्पतालमा उपचार गराईरहेका जेष्ठ नागरिक र शारिरीकरुपमा अशक्त भएकाहरुको समाजिक सुरक्षा भत्ता कार्ड नविकरण कार्य सजिलो होस भन्ने उदेश्यले राजविराज नगरपालिकाले थालेको घरघर मै पुगेर परियचपत्र नविकरण गर्ने कार्यलाई बुधवार पनि निरन्तरता दिईएको छ ।

यस क्रममा बुधवार कार्यवाहक नगरप्रमुख इसरत परवीनको नेतृत्वमा पुगेको टोलीले स्थानीय छिन्नमस्ता अस्पतालमा उपचारार्थ भर्ना भएका राजविराज ७ का ८५ वर्षिय हरिनारायण लाल देवलाई अस्पतालको बेडबाटै समाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गरिदिएको हो ।

नविकरणका लागी आवश्यक पर्ने आवेदन फारम, नगरपालिका कार्यालयमा दर्ता रहेको समाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सुचि, ल्यापट लगायतका समाग्री साथ मै लिएर नगरपालिका कार्यालयका कर्मचारी सहितको टोली अस्पताल पुगेको थियो ।

खुट्टाको शल्यक्रिया भएका देवलाई लामो समय सम्म अस्पतालमा बस्नु पर्ने चिकित्सकको सल्लाहका कारण भत्ताको परिचयपत्र नविकरण गर्न नपाईरहेको देवले उपचार गरेकै ठाँउमा टोली सहित आएर नगरपालिकाले परिचयपत्र नविकरण गरिदिएको प्रति खुशी ब्यक्त गरे ।

समाजिक सुरक्षा भत्ता नियमावली अनुसार लाभग्राहीले भदौ मसमान्त सम्म स्वयम नगरपालिका वा वडा कार्यालयमा पुगेर परिचयपत्र नविकरण गर्नु पर्ने प्रावधान छ । तर गत वर्ष केही जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ती तथा अस्पतालमा उपचारकालागी भर्ना भएकाहरु कार्यालयमा पुग्न नसक्दा भत्ताबाट बन्चित भएको देखएपछि घर र अशक्त भई अस्पताल भर्ना भएकै ठाँउमा टोली लिएर परिचयपत्र नविकरण कार्य गर्न थालिएको कार्यवाहक नगर प्रमुख परवीनको भनाई छ ।

अघिल्लो दिन मंगलवार वडा नं.७ बाट सुरु भएको यो अभियान दोस्रोदिन वडा नम्बर ४ मा चलाइएको तथा भदौ मसान्त भित्र नगरका सबै वडामा पुग्ने उनको कथन छ ।

समाजिक सुरक्षा भत्ता पाउने योजना लाभग्राही मध्ये कोही पनि नागरिक नछुटुन भन्ने उदेश्यले नगरपालिकाले चलाएको घर दैलो अभियान अन्तर्गत २ दिनको अवधीमा बडा नं ७ र वडा नं ४ का गरी एक दर्जन भन्दा बढी बृद्धबृद्धा, शारिरीकरुपमा अशक्त तथा विरामीहरुको समाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश