डडेल्धुरा । नवदुर्गा गाउँपालिका–५ को चौडमा आज बिहान जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । सबैको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ का १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरुमध्ये सुशिला विक र जिप चालक साउदको अवस्था गम्भीर छ ।
घाईते सबैको डडेल्धुरा अस्पतामा उपचार भैरहेको छ । बिहान करिब सवा नौ बजेतिर जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण खुल्न सकेको छैन ।