फोहोरले उदयपुरको गाईघाट बजार दुर्गन्धित

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजार केही दित यता फोहोर नउठदा दुर्गन्धित भएको छ । बजारमा थुप्रिएको फोहोर केही दिन देखि सडकमै थुप्रिदा बजार दुर्गन्धित भएको हो । त्रियुगा नगरपालिकाले फोहार फाल्दै आएको डम्पिङ साईटमा स्थानीयले अबरोध गरेपछि बजारको फोहोर नउठेको हो । साता दिन देखि साविकको डम्पिङसाईटमा स्थानीयले फाल्न अबरोधका कारण थुप्रिदै गएको त्रियुगा नगरपालिकाको फोहोरले बजार दुर्गन्धित हुन थालेका हुन ।

अहिले बजारका चोकचोक र सडक छेउमा फोहोर थुप्रिएर सडकमा दुर्गन्ध फैलिन थालेको छ । सदरमुकाम समेत रहेको गाईघाट बजारमा दैनिक १ मेट्रिकटन भन्दा बढी फोहोर उत्पादन हुने गरेको छ । डम्पिङसाईटको अभावमा लगातार ५ दिन यताको फोहोरले बजारको स्वरुप बिगार्नुका साथै दुर्गन्धले पैदल यात्रीलाई त सास्ती दिएकै छ, घर अगाडि फोहोर थुप्रिदा बजारबासीलाई थप समस्या परेको छ । फोहोर व्यवस्थापनको स्थायी समाधान खोज्ने तर्फ नगरपालिकाले चासो नदिएको स्थानीयबासीको आरोप छ । साविक ठाउँमा स्थानीयले विरोध गरेको, चुरेमा फाल्न थाले पनि कानुनी प्रक्रिया पुरा नभई सकेको र नयाँ ठाउँको यकिन भई नसकेकाले केही दिन फोहोर सङ्कलनमा समस्या भएको बताए । नगरपालिकाले केही समय नरोक्न अनुरोध गरे पनि स्थानीयले फोहोर बोकेर गएका ट्याक्टर र टिफर माथि आक्रमण गर्न खोजेपछि नगरपालिका पछि हट्दै बैकल्पिक साईटको खोजीमा लागेको हो ।

साविकको साईट आसपासका स्थानीयले दुर्गन्ध अत्याधिक फैलिएको र हैजा उत्पन्न हुने खतरा भएकाले कुनै हालतमा फोहोर फाल्न नदिने अडान लिएका छन् । तर, त्यसको साटो नगरपालिकाले फोहोर फाल्ने डम्पिङसाईट बनाएपछि दुर्गन्ध र रोगको खानी बन्न लागेको भन्दै फोहोर फाल्न मनाही गरेका छन् । स्थायी साईटको अभावमा नगरपालिकाले कहिले गाईघाट–साउने खण्डको चप्पन जङ्गल खाल्डोतिर केही फोहोर फालि हिडेको छ भने केही त्रियुगा बगरतिर फाल्दै आए पनि पुरा फोहोर फाल्ने बैकल्पिक साईट पाउन सकेको छैन ।

त्रियुगा नगरपालिका– १२ बिसनपुरमा बिगत ७ वर्षदेखि फोहोर ब्यवस्थापन गर्दै आएको ठाउँमा स्थानीयबासीले अबरोध गरेपछि नगरपालिका समस्यामा परेको हो । बिसनपुरमा स्थानीयबासीले फोहोर फाल्न रोक लगाएपछि नगरपालिकाले वडा नं. १४ र १५ बीचमा पर्ने साउने जङ्गल क्षेत्र तथा ४, ५ र ६ नं. वडाका विभिन्न खाली र बगरक्षेत्रहरु बिकल्पको रुपमा फोहोर बिर्सजन गर्दै आएकोमा त्यहाँ पनि स्थानीयबासीले अबरोध गरेपछि त्रियुगा नगरपालिका– ५ दमौटीमा लगेर फोहोर फाल्दै आएको थियो । तर त्यहाँ पनि स्थानीयबासीले अबरोध गरेपछि अहिले फोहोर उठाउन समस्या भएको हो ।

तर, ती कुनै पनि क्षेत्र निश्चित नभएसम्मका लागि त्रिबेणीस्थित नदी उकासको जमिनमा फोहोर विसर्जन गर्दै आएको थियो । स्थानीयले चर्को बिरोध गर्दै फोहोर फाल्न दिएन । बिभिन्न स्थानमा डम्पिङ गरिदै आएको फोहोर स्थानीयले अवरोध गर्दा बजारमा फोहोर थुप्रिन थालेको हो । त्रियुगा नगरपालिकाले स्थायी डम्पिङसाईटको टुङ्गो लगाउन विभिन्न ठाउँहरुको अध्ययन गरेको थियो । जस मध्ये वडा नं. १ चौदण्डीगढी नगरपालिकाको सीमा नजिकै फुलजोर, वडा नं. १४ र १५ बीचमा पर्ने साउने जङ्गलक्षेत्र तथा ४, ५ र ६ नं. वडाका विभिन्न खाली र बगरक्षेत्रहरु बिकल्पको रुपमा खोजेको थियो । १२ नं. वडाको त्रिबेणीस्थित नदी उकासको जमिनमा डम्पिङ गरिदै आएको फोहोर स्थानीयले अवरोध गर्दा बजारमा फोहोर थुप्रिन थालेको हो ।

त्यसपछि सप्तरीको सीमानाका तर्फ ६ नं. वडा चुरे सामुदायिक वन उपभोक्ता समूहको खोल्सामा फोहोर बिसर्जन गर्दै आएको थियो । त्यहाँ फोहोर सङ्कलन कार्य थालिएकोमा त्यहाँ पनि अवरोध आएपछि पछिल्लो साता दिनयता बजार दुर्गन्धित हुन थालेको छ । अहिले बजारका चोकचोक र सडक छेउमा फोहोर थुप्रिएर सडकमा दुर्गन्ध फैलिन थालेको छ । डम्पिङसाईटको अभावमा केही दिनयताको फोहोरले बजारको स्वरुप बिगार्नुका साथै दुर्गन्धले पैदल यात्रीलाई त सास्ती दिएकै छ, घर अगाडि फोहोर थुप्रने बजारबासीलाई थप समस्या परेको छ ।

साविक ठाउँमा स्थानीयले विरोध गरेको, चुरेमा फाल्न थाले पनि कानुनी प्रक्रिया पुरा नभईसकेको र नयाँ ठाउँको यकिन भई नसकेकाले केहीदिन फोहोर सङ्कलनमा समस्या भएको जनाए । त्रियुगा नगरपालिकाले यस अघि बलदेव चौधरी नेतृत्वको कार्यकालमै स्थायी डम्पिङसाईटको टुङ्गो लगाउन विभिन्न ठाउँहरुको अध्ययन गरेको थियो । जस मध्ये वडा नं. १ चौदण्डीगढी नगरपालिकाको सीमा नजिकै फुलजोर, वडा नं. १४ र १५ बीचमा पर्ने साउने जङ्गलक्षेत्र तथा ४, ५ र ६ नं. वडाका विभिन्न खाली र बगरक्षेत्रहरु बिकल्पको रुपमा खोजेको थियो ।

तर, ती कुनै पनि क्षेत्र निश्चित नभएसम्मका लागि त्रिबेणीस्थित नदी उकासको जमिनमा फोहोर विसर्जन गर्दै आएको थियो । सो ठाउँमा तत्कालीन नगर प्रमुख चौधरीले सौर्य उर्जा प्लाण्ट स्थपना गर्ने प्रयोजनका लागि खाली जमिन घेराबार गरेर राखेका थिए । सोही ठाउँमा सात वर्ष यता फोहोर सङ्कलन गरिदै आएको थियो । तर, एक्कासी सातादिनअघि स्थानीयले चर्को बिरोध गर्दै फोहोर फाल्न नदिने बताए । नगरपालिकाले केही समय नरोक्न अनुरोध गरे पनि स्थानीयले फोहोर बोकेर गएका ट्याक्टर र टिफर माथि आक्रमण गर्न खोजेपछि नगरपालिका पछि हट्दै बैकल्पिक साईटको खोजीमा लागेको हो ।

साविकको साईट आसपासका स्थानीयले दुर्गन्ध अत्याधिक फैलिएको र हैजा उत्पन्न हुने खतरा भएकाले कुनै हालतमा फोहोर फाल्न नदिने अडान लिएका छन् । सौर्य उर्जा प्लाण्ट खोल्ने, बजारी करण हुने तथा स्थानीयलाई रोजगारी र आयआर्जनमा सहयोग पुग्ने आश्वासन पाएर सो क्षेत्रलाई घेराबार गर्न दिएको बताएका छन् । तर, त्यसको साटो नगरपालिकाले फोहोर फाल्ने डम्पिङसाईट बनाएपछि दुर्गन्ध र रोगको खानी बन्न लागेको भन्दै फोहोर फाल्न मनाही गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश