कैलालीमा ५ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरोइनसहित ५ जना पक्राउ

धनगढी । कैलालीमा ५ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरोइनसहित ५ जना पक्राउ परेका छन् ।

लागुऔषध व्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरीचौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट डोटीको शिखर नगरपालिका–८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ बस्ने ३५ वर्षीय बिरबहादुर रावललाई पक्राउ गरेको छ ।

रावलले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ प ०६६५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ७६० मिलिग्राम
खैरोइन फेलापारी उक्त पदार्थुहित उनलाई नियन्त्रण लिएको छ ।

त्यसैगरी चुरे गाउँपालिका–३ बस्ने ३२ वर्षीय मोहन मल्ललाई चेकजाँच गर्दा उनले प्रयोग गरेको मोबाईलको खोल भित्र लुकाई–छिपाई राखेको ५९० मिलिग्राम खैरो हेरोइनसहित उनलाई नियन्त्रणमा लिएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका–२ मिलन चोक स्थित बझाङको बुगल नगरपालिका–८ घर भई हाल धनगढी उपमहानगरपालिका–२ स्थित जयराम होटल एण्ड लज रेष्टुरेन्ट संचालक ३२ वर्षीय राम बोहराको होटलमा चेकजाँच गर्दा ५ किलो ६९० ग्राम चरेश फेलापारी बरामद गरी बोहरालाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक तथा सह–प्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

यसैगरी धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१०१३ प २३४५ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय बिजय विक र सोही मोटरसाइकल पछाडी सवार धनगढी उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय प्रदिप रानालाई चेकजाँच गर्दा उनीहरुको साथबाट ७४० मिलिग्राम खैरो हेरोइन फेलापारी दुबै जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रवार पक्राउ परेका पाँचै जनालाई आवश्‍यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक जोशीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन