काठमाडौं । निर्देशक चन्द पन्त यति बेला नयाँ चलचित्र ‘आ बाट आमा’को छायांकनमा छन् । यो चलचित्रमा पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त, उषा उप्रेती, गजित विष्टलगायतको मुख्य भूमिकामा रहने छ । चलचित्रको शुक्रबा दिउँसोबाट चितवनमा छायांकन सुरु गरिएको छ ।
छायांकनमा जानु अघि नेपाली चलचित्र ‘आ बाट आमा’ को तनहुँको गलेश्वर मन्दिरमा विधिवत् शुभ मुहूर्त गरिएको थियो । यो चलचित्रमा आमाको सन्तान प्रति दायित्व र सन्तानको आमा प्रतिको जिम्मेवारी प्रस्तुत गरिने निर्देशक पन्तले बताएका छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्रको चितवनसँगै काठमाडौँ र भारतको हैदरावादमा छायांकन गरिने पनि निर्देशक पन्तले बताए ।
यसको छायांकार निर्देशनमा नवराज उप्रेती, संगीतकारमा कोसिस क्षेत्री र थानेश्वर गौतम छन् । यो चलचित्रको निर्मातामा कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर छन भने कार्यकारी निर्माता करण सिंह हुन् । यो चलचित्रलाई आगामी १५ फागुनबाट नेपालमा रिलिज गरिने छ ।