पाँच पत्नीका श्रीमान बनेका भिलेनको गुमनाम मृत्यु

मुम्बई । चलचित्रको पर्दामा चम्कने कतिपय कलाकारहरूको मृत्यु अत्यन्त दुःखद हुने गरेको छ । घरमा मृत्यु भएर पनि आफन्तको अभावले घरमै सडिनु पर्ने अवस्था पनि यहाँ देखिने गरेको छ । बलिउडमा यस्तो अवस्था थुप्रै कलाकारहरूले भोगेका छन् । यस्तै बलिउडका महसुर खलनायक महेश आनन्दले पनि यही अवस्था भोग्नु प¥यो । जीवनमा पाँच वटा पत्नी विवाह गरेका यी खल अभिनेतालाई मृत्युको समयमा पानी खुवाउने समेत कोही भएनन् ।

यो प्रसँग केही पुरानो हो । तर घटना निकै पीडादायी रहेको छ । बलिउड र दक्षिण भारतीय गरेर तीन सय चलचित्रमा खलनायकको रूपमा काम गरेका महेश आनन्दको मृत्यु भएको तीन दिन पछि उनको फ्ल्याटमा शव भेटिएको थियो । मृत्युको बेला उनीसँग कोही थिएन । प्राय उनी एक्लै बस्थे । जब उनको मृत्यु भयो । त्यो खबर कसैले पनि पाएन । उनको मृत्यु भएको तीन दिन पछि फ्ल्याटमा शव सड्दै गरेको अवस्थामा ९ फेब्रुअरी २०१९ मा भेटिएको थियो । उनी त्यति बेला केवल ५७ वर्षका थिए ।

उनको घरको कामदार पनि हप्तामा एक दिन घर र कपडा सफल गर्न आउँथिन् । त्यो दिन उनको घरमा कामदार पुग्दा घरको ढोका भित्रबाट बन्द थियो भने शव गन्हाएको दुर्गन्ध आइरहेको थियो । कामदारको सूचनामा जब प्रहरीले जबरजस्ती ढोका खोल्यो, महेशको नजिकै धेरै रक्सीका बोतलहरू खाली थिए । उनको शव सड्न थालेको थियो । उनको मृत्यु तीन दिन अघि नै भएको थियो ।

महेश बलिउडका प्रसिद्ध खलनायक थिए । उनको निधनको खबरले त्यति बेला बलिउडकर्मीहरू स्तब्ध बनेका थिए । आफ्नो जीवनमा महेशले पाँच पटक विवाह गरेका थिए । अघिल्ला ४ वटा श्रीमतीसँग सम्बन्ध विच्छेद भएको थियो । महेशको मृत्यु भएको बेला पाँचौँ श्रीमती विदेशमा थिइन् । यसरी जब उनको मृत्यु भयो । उनको साथमा कोही थिएन । यति लोकप्रिय कलाकारको मृत्यु गुमनाम भएको थियो ।

मृत्यु भन्दा केही वर्ष अघि महेश आनन्दलाई आफ्नै सौतेनी भाइले ६ करोड ठगेका थिए । त्यसपछि उनको अवस्था राम्रो थिएन। महेशले एक पटक फेसबुकमा आफ्नो पीडा व्यक्त गरेका थिए । उनले भनेका थिए कि मैले ३०० भन्दा बढी चलचित्रहरूमा काम गरेको छु, तर मसँग खानाको लागि पनि पैसा छैन । अन्तमा उनको मृत्युपछि चलचित्रकर्मीहरूले महेशको दाह संस्कार गरिदिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा